उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्वारा १३ बर्षिया बालिका बलात्कृत

१५ माघ २०६९, सोमबार ०९:४० मा प्रकाशित

लमजुङ, १५ माघ । लमजुङको तार्कुघाट गाउँ विकास समिति घर भएकी एक बालिकामाथि बलात्कार भएको रहस्य खुलेको छ । तार्कुघाट गाउँ विकास समिति घर भई हाल भोटेओडारको एक विद्यालयमा पढ्दै आएकी बालिकालाई भोटेओडारका केदारबहादुर थापाले पटकपटक करणी गरेको रहस्य सार्वजनिक भएको छ । थापाले पहिले पनि करणी गर्दै आएको र असजिलो भएको भन्दै गुनासो पोख्दै आएकी बालिकाले हिजोआज खासै असजिलो नहुने भन्दै छिमेकीलाई बताएकी छिन् ।
लमजुङ उद्योग बाणिज्य संघ भोटेओडार इकाईका पूर्व अध्यक्ष समेत रहेका थापा सो घटना सार्वजनिक भएपछि फरार भएको प्रहरी श्रोतले जनाएको छ । बालिकाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा बालिकामाथि केही दिनअघि मात्र करणी भएको पुष्टि भएको श्रोतले वताएको छ ।
बालिकामाथिको यौन शोषणबारे केहीदिन अघि छिमेकीले थाहा पाएपछि थापा परिवारले बालिकालाई आफ्नो घर पु¥याएका थिए । गाउँका साथीहरुसंग घाँस काट्ने बेलामा बालिकाले सवै कुरा भनेपछि छिमेकीमा हल्ला चलेको थियो । बालिकाले केही छिमेकीलाई आफूमाथि गरिने ब्यवहार भनेको भन्दै थापाले बालिकालाई कुटपिट गरेको समेत श्रोतले वताएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक भक्तबहादुर विष्टले बालिकामाथिको बलात्कारको बारेमा अनुशन्धान तिब्र पारेको वताएका छन् । उनले दोषीलाई खोजीकार्य तीब्र पारिएको र दोषीलाई पक्राउ गरिएपछि मात्रै सबै कुराको खुलासा हुने जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय भोटओडारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले आरोपी थापाको खोजी कार्य भईरहेको वताएका छन् । बालिकामाथि भएको करणीको विषयलाई लिएर तार्कुघाट साथै भोटेओडारका बालबालिकाले विरोध गरेकाछन् । उनीहरुले दोषीमाथि कार्वाही गर्न स्थानीय प्रशासनलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने