‘बधशाला’ प्रदर्शनमा रोक लगाउन सेनाको आग्रह, सित्तैमा प्रचार मिलेको निर्माता पक्षको बुझाई

१५ माघ २०६९, सोमबार ०९:२३ मा प्रकाशित

काठमाडौं,१५ माघ । संवेदनशील सरकारी निकाय सेनाको भैरवनाथ गणलाई विषय बनाएर निर्माण गरेको नेपाली चलचित्र ‘बधशाला’ विवादमा परेको छ । माओवादी द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले विद्रोहीप्रति गरेको व्यवहारमा आधारित रही चलचित्र निर्माण गरिएको र राज्यको आदेशमा सेनाले निर्वाह गरेको पेशागत भूमिकालाई बढाइचढाइ ग।रेर द्वन्द निम्त्याउने सम्भावना रहेको भन्दै नेपाली सेनाले उक्त चलचित्रप्रति आपत्ति जनाएपछि बधशाला विवादमा परेको हो । उक्त चलचित्रको प्रदर्शन रोक्न नेपाली सेनाको आग्रहमा रक्षा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । निर्देशक मनोज पण्डितद्वारा निर्देशित तथा लिखित फिल्म ‘बधशाला’ आगामी फागुन २५ मा देशव्यापी प्रदर्शन गर्ने भन्दै पोस्टर र प्रोमो सार्वजनिक गरिसकेको थियो ।
रक्षा मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखाले सूचना मन्त्रालयलाई पठाएको पत्रमा ुनेपाली सेनाको पोसाक लगाई छायांकन गरिएकोलगायत विषयमा सम्बन्धित निकायसँग स्वीकृतिसमेत नलिई तयार गरिएकोु उल्लेख गर्दै इजाजत नदिन वा दिएको भए प्रदर्शनमा रोक लगाइदिन भनिएको सम्वद्ध स्रोतले जनाएको छ ।
यसरी चलचित्र विवादमा परेपछि निर्देशक पण्डितले फिल्मले विद्रोही वा सेना कसैको पनि विरोध वा समर्थन नगरेको बरु इतिहासको वास्तविकतालाई कलात्मक रूपमा पस्केको दाबी गरेका छन् भने सैनिक प्रवक्ता सुरेशराज शर्माले सेनाको पोसाक र दज्र्यानी चिह्न हुबहु मिल्ने गरी छायांकन गरेर उक्त फिल्मले संगठनप्रति नकारात्मक सोच पैदा गराउन खोजेको प्रतिक्रिया दिएका छन् । संवेदनशील विषयमा छेडखानी गरिएकोले प्रदर्शन रोक्न आग्रह गर्नुपरेको उनको तर्क छ । सेना भन्ने अंग राज्यको हो र सेनालाई होच्याउन या अवहेलना गर्न खोज्नु देश र जनताप्रति नै घात गर्नु हो भन्ने तर्क गर्दै नेपाली सेनाका अर्का एक उच्चाधिकारीले नेपाली सेनाले राज्यले खटाएअनुसार दायित्व निर्वाह गर्दैआएको र वर्तमान सन्दर्भमा सेनाप्रति नकारात्मक भावना फैलाउने कार्य कसैले पनि गर्न नहुने बताए ।
उता, सिनेमा निर्माण पक्षले भने आफूहरुले प्रधानमन्त्री गुहार्ने, त्यहँबाट पनि नभए सर्वोच्च अदालत जाने र बधशाला कुनै हालतमा प्रदर्शन भएरै छोड्ने दाबी गरेको छ । चलचित्रका निर्माता र निर्देशकहरुले यस विवादबाट आफ्नो चलचित्रलाई विनाशुल्क प्रचार मिलेको बताउने गरेको चलचित्रसम्वद्ध सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।