सुनको मूल्यमा गिरावट

१५ माघ २०६९, सोमबार ०८:५७ मा प्रकाशित

रासस/ काठमाडौं, १५ माघ । नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुनको मूल्य गत साताको तुलनामा प्रतितोला ८०० रुपैयाँले घटेर आइतबार कारोबार भएको जनाएको छ। गत साता प्रतितोला ५८ हजार ६०० मूल्य कायम भई बिक्री भएको सुनको मूल्य आइतबार ५७ हजार ८०० कायम भएको हो। 
तेजाबी सुनको मूल्य गत साता प्रतितोला ५८ हजार ३५० रहेकामा ८०० ले घटेर प्रतितोला ५७ हजार ५५० रुपैयाँ कायम भएको छ। त्यसैगरी, असली चाँदी प्रतितोला एक हजार १३० बाट २० ले कमी भई एक हजार ११० मा कारोबार भएको संघले जनाएको छ।
नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएका कारण नेपालबाट सुन भारततर्फ निकासी हुने सम्भावना देखिएपछि संघको आग्रहमा सरकारले शुक्रबारमात्र सुनको भन्सार मूल्यमा वृद्धि गरी प्रति १० ग्राम तीन हजार कायम गरेको थियो। यसअघि प्रति १० ग्राम दुई हजार ३०० थियो।
संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा कमी आएको हुँदा नेपालमा पनि मूल्य घटेको जानकारी दिए।
उनले अहिले विवाह व्रतबन्धलगायत शुभसाइत तथा लगनको मौसम भएकाले बजारमा दैनिक ४० किलो सुनको माग रहेको भए पनि आपूर्ति दैनिक १५ किलोमात्र हुने गरेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा