ब्राजिलको नाइट क्लबमा भयानक आगलागी, २ सय ४५ को मृत्यु

१४ माघ २०६९, आईतवार २१:४५ मा प्रकाशित

एजेन्सी/ १४ माघ । ब्राजिलको शहर सान्ता मारियास्थित एक नाइट क्लबमा भएको आगलागीमा २ सय ४५ जनाको ज्यान गएको छ । दक्षिण ब्राजिलको युनिभर्सिटी शहरमा भएको उक्त भयानक आगलागीमा हताहती हुनेको संख्या अझ बढी हुन सक्ने बताइएको छ ।
एजेन्सीहरुका अनुसार २ हजार मानिसको क्षमता भएको उक्त नाइट क्लबमा आतिसवाजीसहित मनोरञ्जन कार्य चलिरहँदा अचानक आगलागी भएको र बाहिर निस्कने ढोका एउटा मात्रै भएकोले मानिसहरु निसास्एिर मरेका थिए । मर्नेहरुमध्ये धेरैजसोका विषालु धुवाँका कारण निसास्सिएर भएको बताइएको छ । ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् भने आगलागीमाथि नियन्त्रण भइसकेको छ । मर्नेहरुमा धेरैजसो स्थानीय युनिभर्सिटीका छात्रछात्राहरु रहेको अनुमान गरिएको छ ।
अग्नी नियन्त्रकहरुले क्लबको एउटा भित्ता फोरेपछि मात्र आगो नियन्त्रण सम्भव भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।