धनगढी पुगेका प्रधानमन्त्री चढेको गाडीमा ढुङ्गा मुढा प्रहार

१४ माघ २०६९, आईतवार २१:१७ मा प्रकाशित

धनगढी, १४ माघ । प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमा आन्दोलनरत मुख्य विपक्षी दलका कार्यकर्ताहरुले ढुङ्गा मुधा प्रहार गरेका छन् । प्रहरीको घेरा तोडेर अघि बढेको आन्दोलनरत मुख्य विपक्षी दलका कार्यकर्ताहरुले हानेको ढुङ्गा प्रधानमन्त्री चढेको गाडीको चक्कामा लागेको छ । प्रधानमन्त्री बाबुराम भट्टराई बैतडीबाट धनगढीमा हुन लागेको माओवादीको जिल्ला अधिवेशनको उद्‌घाटनमा कार्यक्रममा सहभागी हुन धनगढी आउने क्रममा उनी माथी मुख्य विपक्षी दलका कार्यकर्ताहरुले बैंक चोकमा ढुङ्गा प्रहार गरेका हुन । प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका ठूलो संख्यामा तैनाथ प्रहरीको घेरा तोडेर नजिकै पुगेका मुख्य विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाउनुका साथै ढुङ्गामुढा प्रहर गरेका थिए । मुख्य विपक्षी दलका कार्यकर्ताहरु धनगढीमा बजारमा नाराजुलुस गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली