घरबेटीले गरिन बालिका अपहरण, ४ दिनपछि मुक्त

१४ माघ २०६९, आईतवार १९:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ माघ । अपहरण गरेर बन्धक बनाइएकी एक १४ वर्षिया बालिकालाई प्रहरीले आज चार दिनपछि उद्दार गरेको छ । बुटवल–११ मा डेरा गरी बस्ने ती बालिकालाई ललाईफकाई अपहरण गरेकी एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षिया वर्षा अधिकारी गुरुङसहित तीनजना रहेका छन् । बालिका अपहरण गरी उनले देवदह–७ खैरेनीस्थित आफ्नै घरमा बन्धक बनाएकी थिइन् । प्रहरीले सुराकीको आधारमा अनुसन्धान गर्दै जाँदा बन्धक बनाइएकी बालिकालाई उद्दार गर्न सफल भएको हो । आज इटाभट्टी टोलबासीहरुले इलाका प्रहरी कार्यालय बुटवलमा दबाब दिएपछि बन्धक बनाएकी महिला वर्षा, निजकी आमा पध्मा र बाबु गोपालप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा ती बालिकालाई खैरेनीस्थित घरमा लुकाईराखेको रहस्य खुलेको हो । कक्षा ६ मा अध्ययनरत ती बालिका माघ ९ गतेसम्म विद्यालय गएकी र १० गते साँझ डेरा गरी बस्ने घरबाटै अपहरणमा परेकी थिइन् । पीडित बालिकाका बुबा ले बालिकालाई बन्धक बनाउने र आफू एउटै घरमा भाडामा बस्दै आएको बताए । सात महिनादेखि उक्त घरमा भाडामा बस्दै आएका परियार र त्यसअघि नै भाडामा बस्ने अधिकारी परिवारकी छोरी वर्षाले एक लाख महिनामा कमाउने प्रोभन देखाएर छोरीलाई अपहरण गरेको उनले बताए । अपहरण हुँदाकै दिन वर्षा र निजका बुबा आमासँथ भेट गरी छोरी हराएको जानकारी गराउँदा समेत आफूहरुलाई थाहा नभएको बताएको सञ्चारकर्मीलाई बताए । आफूहरुलाई निज वर्षाले नै अपहरण गरेको आशंका भएकोले टोलबासीहरुलाई भनेर आज इलाका प्रहरी कार्यालय बुटवलमा डेलिगेशन आएको उनले बताए । वर्षा माइती घरमा बस्दै आएकी र बालिकालाई आफ्नो घर खैरेनीमा उनले बन्धक बनाएर राखेकी थिइन् । वर्षाका बाबुआमा पध्मा र गोपालले भने बालिका अपहरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । उनीहरुले अपहरणमा छोरी दोषी भए कानुनी कारवाही गर्न माग गरेका छन् । घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले घटनामा संलग्नलाई मानव बेचबिखन अपराध विरुद्ध अनुसन्धान भैरहेकोले सोही अन्तर्गत कारवाही अगाडि बढाइने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा