जनयुद्धको मुद्दा उठाए कोही चोखो नहुने: अर्थमन्त्री पुन

१४ माघ २०६९, आईतवार १९:५६ मा प्रकाशित

रुपन्देही, १४ माघ । अर्थमन्त्री बर्षमान पुन अनन्तले जनयुद्धकालका मुद्धा उचाले शान्ति प्रक्रिया जोखिममा पर्ने बताउदै कांग्रेस र एमाले पनि त्यसबाट चोखो नरहेको बताएका छन । यस्तै कांग्रेस र एमालेका आ–आफ्नै स्वार्थका कारण पनि सहमति हुन नसकेको आरोप लगाए । बिपक्षीदलहरु निर्वाचनको पक्षमा नरहेकाले विभिन्न बहाना बनाउदै सहमतिको वातावरण विगारेको आरोप उनको छ । कांग्रेस ऐमाले लगायतका दलहरु आफ्नो अनुकुलतामा संविधान बनाउन निर्वाचनको नेतृत्व लिन खोजेको भन्दै जनताको माग सम्बोधनको ग्यारेन्टी नभएसम्म सरकार नछाडिने अडान दो¥याए ।
एकीकृत नेकपा माओवादी कपिलवस्तुको तौलिहवामा जारी जिल्लाको दोश्रो जिल्ला सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले कुर्सी लिने र जनताको ऐजेण्डा छाड्नेलाई सरकारले बाटो नदिने जिकिर गरे ।
उनले कांग्रेस एमाले लगायतका दललाई बर्तमान सरकारकै नेतृत्वलाई सर्वपक्षिय बनाएर निर्वाचनमा जान अनुरोध समेत गरे । “हाम्रो पानी बाराबारको स्थितिले देश र जनतालाई दुखः हुन्छ त्यसैले हामी मिल्नु पर्छ” उनले भने । माओवादी नेता समेत रहेका पुनले जनयुद्धकालका मुद्धा उचाले शान्ति प्रक्रिया जोखिममा पर्ने बताए ।
उनले दैलेख घटना लगायतका मुद्धालाई उचालेर विपक्षिहरुले सरकार ढाल्ने प्रयास गरेपनि त्यसको प्रभाव शान्ति प्रक्रियामा परेको जिकिर गरे । उनले अन्तिरम संविाधानमा २०५२ साल देखि २०६३ साल सम्मका मुद्धा सत्य निरुपण तथा मेलमिलाप आयोगले समाधान गर्ने भएकाले त्यसलाई बढि नउचाल्न विपक्षिहरुलाई अनुरोध गरे । “यदि जनयुद्धकालका सबै मुद्धा एक एक गरि उचाल्न थालियो भने तत्कालिन देउवा सरकार तथा पूर्व मन्त्रीहरु समेत दोषि देखिन्छन् ”उनले भने ।
अर्थमन्त्री पुनले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुले भ्रमणमा बढि रकम खर्च गरेको हल्ला सार्वजनिक भएको प्रति आपत्ति व्यक्त गरे ।उनले बर्तमान सरकार सम्वृद्धिको पक्षमा रहेको र पूर्व सरकारको जस्तै खर्च गरेर ढुकुटी रित्याउने किसिमको नरहेको दाबी गरे । “हामीले कहाँ बढि खर्च गरेका छौ पुष्टी गर्नुहोस हामी कारवाही भोग्न तयार छौ ” उनले भने । नेता पुनले बर्तमान सरकार जनताले चाहे अनुसारको काम गर्न नसक्नुमा विपक्षिहरु नै बाधक भएको आरोप लगाए ।
सरकार अहिले विपक्षीहरु बाट चारैतिरबाट घेरिएको र असफल बनाउने प्रयत्नमा रहेको बताए । सरकारले जनताको पक्षमा सक्दो काम गरेको र जनताको पक्षमा आफुहरु सधै सफल भएको दाबी गरे । अर्थमन्त्री पुनले कपिलवस्तुका पुरातात्विक एंव ऐतिहासिक स्थलको विकासका लागि एकीकृत विकास योजना लागू गर्न आफुले पहल गरेको जानकारी समेत दिए । उहाले सरकारले यसलाई प्राथमिकतामा नराखे भारतीय पक्षले गरेका भ्रमित प्रचारहरुले स्थान पाउने बताए । यस क्षेत्रको एकीकृत विकासको लागि पर्यटन बोर्ड तथा अर्थ मन्त्रालयले कार्य थालेको समेत जानकारी दिए ।
कार्यक्रममा बोल्दै माओवादी नेता एंव अवध राज्य संयोजक बलदेवले बर्तमान सरकारकै नेतृत्वमा निर्वाचन हुने ठोकुवा गरे । कार्यक्रममा केन्द्रिय सदस्य बामदेव क्षेत्री, भक्ति पाण्डे, दधिराम न्यापाने लगायतले बोल्दै निर्वाचन गराउने ठेक्का एमाले र कांग्रेसको नभएको भन्दै माओवादीले नै चुनाव गराउने र निष्पक्ष गराउने दाबी गरेका थिए ।
कार्यक्रममा जिल्ला भरका ५ हजार बढि पार्टी सदस्य एंव सर्वसाधारणको उपस्थिति रहेको थियो । आसन्न हेटौडामा हुन लागेको केन्द्रिय महाधिवेशनका लागि जिल्ला अधिवेशनले प्रतिनिधि छनौट गर्ने जिल्ला इन्चार्ज रामलौटन तिवारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने