ऊ चुनताई मित्र राष्ट्र चीनको नयाँ राजदूत

१४ माघ २०६९, आईतवार ०९:३७ मा प्रकाशित

काठमाडौ, १४ माघ । नेपाललाई तिब्बती सिमा सुरक्षाको कारण उच्च प्राथमिकतामा राख्दै आएको मित्र राष्ट्र चीनले विदेश मन्त्रालयको सुरक्षा मामिला हेर्ने विज्ञ ऊ चुनताईलाई नेपालको लागि नयाँ राजदूत नियुक्त गरेको छ। हाल नेपालका लागि राजदूत रहेका याङ होउलानलाई बेइजिङ फिर्ता बोलाई ऊलाई काठमाडौं आउन लागेका हुन् । स्रोतका अनुसार ऊ चुनताईसँगै काठमाडौं दूतावास हाक्ने नया समूह चयन गरिएको छ । नेपालका लागि नव नियुक्त राजदुत ऊ चुनताई टर्की लगायत विभिन्न कूटनीतिक मिसनमा रहे पनि उनीसंग राजदूतका रुपमा काम गरेको अनुभव भने छैन । यसै गरि चीनले भारतका लागि पनि नयाँ राजदूत नियुक्त गरेको छ। झाङ यन दिल्लीबाट फिर्ता भएसँगै वेइ वेईले नयाँ चिनियाँ राजदूतका रुपमा भारतका लागि काम सुरु गरि सकेका छन् । क्षेत्रीय भू राजनीतिमा चिनिया प्रभाव खस्कदै गएका कारण चीनले आफ्ना दुथारू मार्फत रणनीति परिवर्तन संकेत गरेको बिज्ञहरुको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल