स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर चुनाबमा जान एमाओवादी तयार: प्रचण्ड

१३ माघ २०६९, शनिबार २२:२४ मा प्रकाशित

काठमाडौ, १३ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले परम्परावादी शक्तिको मति बिग्रिएकोले दलहरु बीच सहमति हुन नसकेको बताएका छन् । मुख्य विपक्षी कांग्रेस- एमालेले स्वतन्त्र व्यक्तिको नाम दिएमा प्रधानमन्त्री बाबुराम भट्टराईले मार्गप्रशस्त गर्ने समेत दाहालले बताए । एमाओवादीको भक्तपुर जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘एमाओवादी जेठ १५ भित्र निर्वाचन गराउन जस्तोसुकै त्याग गर्न तयार छ ।’ उनले कांग्रेस र एमाले नेताहरूलाई अपिल गर्दै भने, ‘आउनुस् निर्वाचनका निम्ति के त्याग गर्नुपर्‍यो हामीले हामी तयार छौ ? प्रधानमन्त्रीको उम्मेदवार स्वतन्त्रबाट तपाईंहरू को भन्नु हुन्छ भन्नुस् । निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर सबै त्याग्न तयार छौं ।’ दाहालले आफु हुम्लाबाट फर्केपछि एमाले र कांग्रेसका नेताहरुसंग मुलुकको गतिरोधबारे छलफल भएको बताए । छलफलमा संविधानसभा निर्वाचन हुने सहमति भए अझै लचिलो हुने आफूले बताएको समेत उनले उल्लेख गरे । दाहालले दैलेख घटनालाई लिएर एमाओवादीविरुद्ध केही सञ्चार माध्यम लागेको आरोप लगाउदै मिडियामा आएका विषयले आफ्नो पार्टीलाई एकढिक्का हुन सहयोग पुर्‍याएको बताए । दैलेखमा माओवादी सम्मेलन बिथोल्न विपक्षीले ढुंगामुढा गरेर गुन्डागर्दी गरेको बताउदै उनले एमाले र कांग्रेसलाई लक्षित गर्दै भने, ‘परम्परावादी शक्तिको दिमाग सन्तुलन भत्किएको छ । दैलेख घटनाले प्रस्ट हुन्छ । प्रधानमन्त्री बाबुराम भट्टराईले अनावश्यक विषय चर्काएर उत्तेजना नफैल्याउन पत्रकारहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा