दलहरुबीच एकताको विकल्प छैन: सभापित कोईराला

१३ माघ २०६९, शनिबार २२:१३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १३ माघ । नेपाली का“ग्रेसका सभापति सशिल कोइरालाले वर्तमान राजनैतिक अवस्थालाई निकास दिन राजनीतिक दलहरुबीच एकताको विकल्प नभएको बताए । उनले निकासको निमित्त आवश्यक पर्ने एकतालाई माओवादीले नचाएको आरोप लगाए । निकासका लागि नेपाली का“ग्रेसले जस्तो सुकै त्याग गर्न तयार रहेको कुरामा जोड दिदै सभापति कोईरालाले भने, “माओवादीले विगतमा भएका सहमतिलाई कार्यान्वयन गरे मात्रै निकास आउ“छ ।” स्याङ्जामो वालिङ्मा आयोजित चौथो वालिङ् महोत्सवलाई सम्बोधन गर्दै सभापति कोईरालाले सहमतिको बाधक माओवादी सर्वसत्ताबादी शैली भएको बताए । “माओवादीहरु लोकतन्त्रलाई बदनाम गराउन आफ्नो सबै शक्ति प्रयोग गरेका छन् ।” सभापति कोईरालाले भने, “लोकतन्त्रलाई अराजक बनाउन सकेको खण्डमा आफ्नो शासन दिगो हुने सकिने भ्रममा रहेका छन् ।” माओवादीले अपनाएको शैली नेपाली जनता न विश्व राजनीतिले सहन नसक्ने कोईरालाको भनाई थियो । शान्ति, लोकतन्त्रको स्थायीत्व नहु“दा नेपालीहरु सधै अराजक र अशान्तिमा बाच्न बाध्य भएको स्पष्ट पार्दै सभापति कोईरालाले भारत र चीनले असल मित्रका हैसियतले नेपालमा शान्ति र लोकतन्त्रको स्थायीत्व आवश्यक भएको बताए पनि त्यस अनुरुप राजनेताहरु काम गर्न नसकेको स्वीकार गरे । विश्वमै पर्यटन, जलश्रोतको धनी राज्य भएर पनि समयअनुकल नेपालको विकास हुन नसक्नु तर्फ चिन्ता व्यक्त गर्दै उनले भने, “कृषिको प्रचुर सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसक्दा नेपालीहरु गरिबी र पछौडेपनमा रहन बाध्य छौं ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही