पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नागरिक मञ्चको आग्रह

१२ माघ २०६९, शुक्रबार १६:०० मा प्रकाशित

काठमाडौं, १२ माघ । नेपाल नागरिक मञ्चले दलहरुवीच सहमति हुन नसके सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने माग गरेको छ । मञ्चद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको राजनीतिक गतिरोधको निकास निर्वाचन मात्रै भएको भन्दै निर्वाचनको सुनिश्चितताको लागि दलहरुवीच सहमति हुन नसके स्वतन्त्र ब्यक्तिको रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरिएको हो ।
उसले पहिलो प्राथमिकता दलहरुवीचको सहमतिको सरकार निर्माण हुनुपर्नेमा रहे पनि त्यस्को सम्भावना न्यून रहेकोले दोस्रो विकल्पको रुपमा विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमतको आधारमा सरकार गठन गर्नु पर्ने भन्दै त्यो पनि हुन नसके पूर्व प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष हिमालय समशेर राणाले दलहरुवीचको अहिलेको अवस्था दुस्मनीपूर्ण रहेकोले सहमतिको सरकार गठन हुने सम्भावना नरहेको भन्दै स्वतन्त्र ब्यक्तित्वको रुपमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन हुनु पर्ने धारणा राखे ।
उनले सबै संबैधानिक निकाय खाली हुँदै जानु र दलहरुवीच निकासको लागि सहमति हुन नसक्नुलाई कुनै अप्रिय घटनाको ग्राईण्ड डिजायन हो कि भन्ने आशंका ब्यक्त गर्दै कम्तिमा पनि दलहरुले तत्काल निर्वाचनको लागि आवश्यक नियूक्ती, कानून लगायतका विषयमा प्याकेजमै सहमति गरेर निर्वाचनलाई सुनिश्चित गर्नु पर्ने बताए ।
मञ्चका महासचिव तीर्थनारायण सुवेदीले सहमति हुन नसक्ने अवस्था आईसकेपछि सहमतिको नाममा मुुलुकलाई लामो समयसम्म अनिश्चिततामा बन्धक बनाउन नहुने भन्दै तत्काल स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार