स्वास्थानी व्रत सफल बनाउन ब्यवस्थापन समिति

१२ माघ २०६९, शुक्रबार १५:५१ मा प्रकाशित

काठमाडौं, १२ माघ । साँखुको शालिनदीमा लाग्ने स्वस्थानी ब्रतलाई सफल बनाउन स्थानीय स्तरमा साँखु शालिनदी माधव नारायण मेला मुल ब्यवस्थापन समिति गठन गरिएको छ । साँखु क्षेत्रका आठ टोलबाट दुई–दुई जना गरी १९ जना, साँखुमा रहेका तीन गाविसका सचिवहरु, महानगरिय प्रहरी प्रभाग साखुँको प्रमुख पदेन सदस्य रहने गरी २३ जनाको मुल समिति र १६ वटा विभिन्न उपसमितिहरु गठन गरेको छ ।
ब्रतालुहरुले दुख पाउने, तिर्थयात्रीहरु ठगिने जस्ता समस्या समाधान गर्न समितिले कदम चाल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ब्यवस्थापनाको लागि त्यस क्षेत्रमा प्रवेश गर्ने सवारी साधनहरु मध्ये हेभी गाडीबाट २५, हल्का गाडिबाट २० र मोटर साईकलबाट १० रुपैयाँ उठाउने निर्णय समेत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
त्यसैगरी देश दर्शनको कार्यक्रम र तयारी पनि समितिले गरेको छ । जसमा माधव नारायणको मुर्तिसँगै माघ २६ गते शुक्रवार बज्रयोगिनी प्रस्थान गर्ने, २७ गते पुशुपतिमा बास बस्ने, २८ गते फर्पिङ प्रस्थान गर्ने,  २९ गते साँखु फिर्ता भई फागुण २ गते पनौति प्रस्थान, ३ गते साँखु फिर्ता, १०गते चागुनारायण प्रस्थान र ११ गते फर्किने रहेको छ । अन्तिममा फागुण १४ गते अश्वमेघ यज्ञ गरेर ब्रत समापन गर्ने तयारी समेत समितिको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट