जेठ १४ पछि संविधान सभाको म्याद फेरि नथपिने निश्चित

१५ चैत्र २०६८, बुधबार १६:२९ मा प्रकाशित

काठमाडौ, १५ चैत । संविधानसभाको म्याद अब फेरि नथपिने निश्चित भएको छ । संविधानसभाको म्याद थप सम्बन्धमा अदालतले दिएको आदेश विरुद्धको पुनरावलोकनको दरपिट विरुद्धको निर्णयमा प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवासचन्द्र नेम्वाङले दिएको निवेदनलाई खारेज गर्दै सर्वोच्च अदालतले गरेको दरपिट निर्णयलाई सहि ठहर्याएपछि यस्तो अवस्था आएको हो । निवेदनमा न्यायाधीश कमलनारायण दासको इजलासले यस्तो फैसला सुनाएको हो।
सर्वोच्च अदालतले मङसिर ९ गते नै म्याद अब थप्न नपाइने फैसला सुनाएको थियो। सर्वोच्चले त्यसबेला म्याद थप्दा अब पनि संविधान नबने जनमत सग्रहमा वा निर्वाचनमा जान आदेश दिएको थियो । त्यसविरुद्ध प्रधानमन्त्री र सभामुख पुनः अदालत पुगेपछि त्यस निवेदनलाई अदालतले दरपीठ गरिदिएको थियो।
दरपिट विरुद्ध प्रधान्मन्त्री र सभामुखको निवेदनमा सुनवाई गर्दै अदालतले बुधबार दरपीठको निर्णयलाई ठहर गरेको हो । अदालतको पछिल्लो निर्णय पछि अब दलहरुले संविधानसभाको म्याद थप्ने हैसियत गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ