मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बिरामीलाई फलफूल

१२ माघ २०६९, शुक्रबार ०९:५३ मा प्रकाशित

रुपन्देही, १२ माघ । मुस्लिम धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४८७ औं जन्मोत्सवको अवसरमा रजा–ए मुस्तफा मस्जिद समिति बुटवलले लुम्बिनी अञ्चल अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
समितिका अध्यक्ष याकुब खानको अध्यक्षता र उपाध्यक्ष मकबुल मियाको स्वागतमा भएको फलफूल वितरण कार्यक्रममा अध्यक्ष खानले असहाय तथा बिरामीहरुको सहयोगका लागि आफ्नो संगठन निरन्तर लागिरहेको बताउनुभयो । त्यस अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामशंकर ठाकुरले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेर मस्जिद समितिले सराहनीय काम गरेको बताउनुभयो ।
जन्मोत्सवकै अवसरमा समितिले बिहिबार दिउँसो बुटवल–३ मा रहेको रजा–ए मुस्तफा मस्जिददेखि मोटरसाईकल र्याली समेत निकालेको थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,