नेपाल हिन्दुराष्ट्र हुनुपर्छ : भाजपा अध्यक्ष सिँह

१२ माघ २०६९, शुक्रबार ०९:३७ मा प्रकाशित

काठमाडौं, १२ माघ । भारतीय जनता पार्टीका नवनिर्वाचित अध्यक्ष राजनाथ सिंहले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने आफ्नो अडानमा दृढ रहेको बताएका छन् । भारतीय जनता पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नेपाली सञ्चारकर्मीसँगको कुराकानीमा उनले ८२ प्रतिसत हिन्दु धर्मावलम्बी बस्ने नेपाल हिन्दुराष्ट्र हुनैपर्ने भन्दै त्यसका लागि भारतीय जनता पार्टीले अभियान सञ्चालन गर्ने जनाए । हिन्दुराष्ट्र हुनुपर्छ भनेको कुरालाई राजतन्त्रको पक्षमा बुझिने गरेको उल्लेख गर्दै उनले आफू राजतन्त्रको नभई लोकतन्त्रको संस्थागत विकासको पक्षमा रहेकोसमेत बताए ।
नेपालमा राजनीतिक गतिरोध अन्त्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि नेपालका राजनीतिक दलहरुसामू मिल्नुको विकल्प नभएको सिंहले बताए । उनले भने– ‘नेपालका दलहरुले सहमतिमा नयाँ निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ ।’
उनले नेपालमा दलहरुबीच सहमति हुनुपर्छ भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै नेपालमा के गर्ने भन्ने विषय नेपाली राजनीतिक दलहरुको भएकोले त्यसमा भारतको कुनै हस्तक्षेप नहुने बताए ।
सिँहले भने– ‘नेपालमा अहिले राजनीतिक र संबैधानिक संकट छ । दलहरु मिल्न नसक्दा निर्वाचन सुनिश्चित हुन सकिरहेको छैन । लोकतन्त्रका अवयवहरु जोखिममा परेका छन् । नेपालमा दलहरु मिलेर मुलुकलाई छिटो भन्दा छिटो निकास दिनु पर्छ । सहमतिका साथ निर्वाचनमा जानु पर्छ, अहिलेको संकटको निकास त्यही हो ।’
नेपालको राजनीतिक संकट नेपालका राजनीतिक दलहरुले गर्नु पर्ने भन्दै उनले । यसमा भारतको कुनै हस्तक्षेप नहुने स्पष्ट पारे । उनले भने– ‘कसलाई प्रधानमन्त्री बनाउने, कहिले निर्वाचन गर्ने, सहमति कस्तो गर्ने भन्ने विषय नेपाली राजनीतिक दलहरुको हो । नेपालमा लम्बिएको संकटमा भारतको गंभिर चासो छ । सबैभन्दा नजिकको छिमेकी मुलुक भएकोले भारतले नेपालमा राजनीतिक स्थायीत्व होस, संकट मोचन भएर विकासको प्रक्रियामा अघि बढोस भनेर चाहनु स्वाभाविक हो । भारतको त्यस्तो चाहना छ तर हस्तक्षेप गर्दैन । लागि नेपालका राजनीतिक दलहरुसामू मिल्नुको विकल्प छैन । नेपालका दलहरुले सहमतिमा नयाँ निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्नु पर्छ ।’
उनले आफू छिट्टै नेपाल भ्रमणमा आउने जानकारी दिँदै नेपाल र भारतवीचको सम्बन्धलाई अझै मजबुत गर्न सके मात्रै नेपालको द्रुत विकास सम्भव भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने