शान्तिप्रक्रिया टुङ्ग्याउन नयाँदिल्लीमा मन्त्रीले मागे गुहार !

१२ माघ २०६९, शुक्रबार ०९:३२ मा प्रकाशित

काठमाडौं, १२ माघ । इण्डियन सिविल सर्विस अफिसर इन्स्टीच्यूटको आयोजनामा भारतको राजधानी नयाँदिल्लीमा नेपालको शान्तिप्रक्रियामा भारतीय भूमिका विषयक एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपालका सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालको प्रमुख आतिथ्यमा विहिबार आयोजना भएको गोष्ठीमा नेपालको शान्तिप्रक्रियाको विषयमा जानकार नेपाल र भारतका विज्ञहरुको सहभागिता रहेको बताइएको छ ।
गोष्ठीमा नेपालका तर्फबाट मन्त्री ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको शान्तिप्रक्रियामा भारतको सहयोग, सदभाव र सकारात्मक सहयोग रहेको र यसलाई निश्कर्षमा पुर्याउन भारतको सकारात्मक सहयोग र सदभावको थप अपेक्षा नेपालले गरेको बताए । उनले नेपालको शान्तिप्रक्रिया अझै पनि बाँकी रहेको उल्लेख गर्दै त्यसमा भारतको सकारात्मक सहयोग र भूमिका भए छिट्टै टुङ्गिने उल्लेख गरे ।
महात्मा गान्धीको गान्धी फाउण्डेसनको अध्यक्ष तारा गान्धी विशेष अतिथि रहेको गोष्ठिमा डा. चुणाबहादुर श्रेष्ठ, नारायण शर्मा गजुरेल, डा. रोवर्ट कितेल, भारतीय चर्चित सामाजिक कार्यकर्ता रुपा चौधरीसहित भारतीय विद्धानहरुले नेपालको शान्तिप्रक्रिया र वर्तमान अवस्थाको विषयमा चासो र चिन्ता ब्यक्त गर्दै मन्त्री ढकालको कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत