‘पन्ध्र हजारका हत्यारा’विरुद्ध अदालत जाने चेतावनी

१२ माघ २०६९, शुक्रबार ०९:३० मा प्रकाशित

रुपन्देही, १२ माघ । एकीकृत नेकपा माओवादीका नेता तथा पुर्व गृहमन्त्री कृष्णबहादुर महराले जेठमा चुनाव हुने ग्यारेन्टी हुनेगरी सहमति भए वर्तमान सरकारले २ घण्टामा राजिनामा दिने बताएका छन् । एकीकृत नेकपा माओवादी अर्घाखाँचीको बिहिबार तेश्रोे जिल्ला सम्मेलनमा सम्बोधन गर्दै महराले कांग्रेस, एमालेलगायतका विपक्षी आगामी जेठसम्म चुनाव गर्नेगरी सहमतिमा आए बाबुराम भट्टराइले राजीनामा दिने बताउँदै त्यसो नभए सरकार नछाडिने स्पष्ट पारे । कांग्रेस एमाले पनि आन्दोलनमा रहेको र आफुहरुको माघमा महाधिवेशन रहेकाले माघ महिनामा सहमति हुने सम्भावना निकै कम रहेको उनको कथन थियो ।
सोही कार्यक्रममा राष्ट्रि«यता र जनजीविकाको सवालमा कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै मगरात तमुवान राज्य इन्चार्ज लिलामणि पोखरेलले सर्वोच्च अदालत लोकतान्त्रिक हुन नसकाले समस्या झनै बढेको जिकिर गरे । शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले द्धन्द्धकालमा भएका घटनालाई एक–एक गरेर उठाउँदा शान्तिप्रक्रिया भाँडिन सक्ने भन्दै युद्धकालमा भएका सबै घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर टुङ्गगाउनु पर्ने बताउँदै पुराना घटनालाई उठाउँदै जाने हो भने आफुहरुले पनि १५ हजारको हत्या गर्ने हत्याराबिरुद्ध अदालत जाने चेतावनी दिए ।
कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका तमुवान संयोजक डिलाराम आचार्य र मगरात संयोजक लोकेन्द्र विष्टले आफुहरुलाई लोकतन्त्रको ठेकेदार सम्झने कांग्रेस–एमालेले स्वतन्त्र र शान्तिपूर्ण तरिकाले आयोजना गरिएको देलैखको आभसभाममा आक्रमण गरेको आरोप लगाए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा