सरकारी भवन माओवादी कब्जामा, भवन आफ्नो बनाउन खिचातानी

१२ माघ २०६९, शुक्रबार ०९:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही १२ माघ । रातो घर अर्थात राष्ट्रि«य बाणिज्य बैंकको भवन । रातो घरको नाममा बढी चिनिने बाणिज्य बैंकको भवन र जग्गामा अहिले तानातानी चलिरहेको छ ।
सशस्त्र द्धन्द्धको समयमा तत्कालीन माओवादीले २०६१ भदौमा बम बिस्फोटन गराएपछि बैंकले भवन छोडेको थियो र त्यहाँ रहेको वाणिज्य बैंकको क्षेत्रीय कार्यालय पोखरा सारिएको थियो । आफूले बम बिस्फोट गराएर खाली गराएको भवनमा शान्तिप्रक्रियामा आएलगत्तै एकीकृत नेकपा माओवादीले जनवर्गीय सहित पार्टीको अवध कार्यालय सञ्चालन गरेको थियो । भवन फिर्ता गर्नुपर्ने पटक–पटकको दवाबलाई माओवादीले वास्ता गरेन ।
एमाओवादी दुइचिरा भएपछि सो भवन नेकपा–माओवादीको कब्जामा छ । नेकपा–माओवादीले जनवर्गीय संगठनसमेतका कार्यालय सञ्चालन सोही भवनबाट गरिरहेको छ । पाल्पारोडमा रहेको करिब ११ कठ्ठा जमिनमध्ये २ कठ्ठामा २ तले भवन वाणिज्य बैंकले बनाएको थियो । सरकारी भएकाले जसले जे गरे पनि हुन्छ भन्ने सोचले जग्गा तानातान गरिएको छ ।
माओवादीको कब्जामा रहेको सो जग्गामा नेपाली कांग्रेसले पनि आँखा गाडेको छ । जीपी कोइराला स्मृति प्रतिष्ठानको नाममा बहुउद्देश्यीय भवन निर्माणका लागि कांग्रेसले जग्गाको पूर्वतर्फबाट अतिक्रमण गरेको छ । सरकारी जग्गामा भवन बनाउने भन्दै कांग्रेसले तीन लाख खर्चेर लक्ष्मीनगर हुँदै बग्ने कुलोमा तटबन्धसमेत गरेको छ ।
आफ्नो जग्गामा आफ्नै भवन बनाउने सोंचमा रहेको बाणिज्य बैंकले जग्गा फिर्ता गराउनका लागि गरेको प्रयास अझै सफल भएको छैन । करिव ९ वर्षदेखि कार्यालयमा कब्जा जमाएको माओवादीले सजिलै भवन छाड्ने पक्षमा छैन । ‘हामीले त्यत्तिकै भवन छोड्ने कुरा हुँदैन, छलफलपछि केही निकास निकाल्नुपर्छ’, नेकपा–माओवादीका रुपन्देही इन्चार्ज वसन्त श्रेष्ठले भने । माओवादीले आवश्यक परे किन्न सकिने तर्क गदै आएको छ ।
पार्टी विभाजनअघि सो भवन माओवादीले किन्ने मोटामोटी सहमति भएको थियो । बैंकले १ करोड ९० लाखमा सञ्चय कोषलाई बिक्री गर्ने कुरा आएपछि माओवादी पनि जग्गा खरिद गर्न कस्सिएको थियो । एमाओवादीका स्थायी समिति सदस्य तथा शान्तिमन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीले भवन छोडिसकेको बताउँदै अन्य कसैले कब्जा गरेको भए सरकारले हटाउन प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा