विपक्षी दुई शीर्षनेतासँग गरे राष्ट्रपतिले परामर्श

११ माघ २०६९, बिहीबार १४:३० मा प्रकाशित

काठमाडौं, ११ माघ । राजनीतिक समस्या निकासमा ठोस कदम चाल्न नसकी निरीह बनेको आरोप खेपिरहेका राष्ट्रपति डा. रावमरण यादवले प्रमुख विपक्षी दलका शीर्षनेताहरुसँग परामर्श गरेका छन् । डा. यादवले बिहिबार कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग अलग अलग परामर्श गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ । सहमतीय सरकार बनाउन दिईएको समयसीमा र आन्तरिक राजनीतिक विषयमा विपक्षी नेतहरुसँग कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई एवम् एमाओवादी नेतृत्व नै सर्वसत्तावादतिर उन्मुख देखिएको सन्दर्भमा सहमतिका लागि गरिएकायस्ता प्रयास सार्थक हुनेमा भने आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार