पश्चिम दैलेखमा छाउपडी प्रथा कायमै

१५ चैत्र २०६८, बुधबार १५:३८ मा प्रकाशित

दैलेख, १५ चैत । दैलेखको पश्चिममा पर्ने आधा दर्जन गाविसमा छाउपडी प्रथा अझै कायमै रहेको छ । सिगौडी सात्तला लगायतका गाविसमा महिलाहरु महिनावारी भएको बेला घरबाट टाढा गोठ अथवा सानो टहरोमा बसाल्ने गरिन्छ । पछिल्लो समयमा केही गैरसरकारी संस्था र शिक्षित मानिसहरुको पहलमा केही कमी आएपनि धेरै जसो स्थानमा महिलालाई महिनावारी भएको सात दिनसम्म घरमा पस्न नदिने प्रचलन कायमै रहेको छ । महिनावारी भएको बेलामा कुल देउता रिसाउछन् भन्दै दुध, दही र अन्य भाडासमेत छुनबाट वन्चित गरिने गरेको सिगौडी ९ की लक्ष्मी नेपालीले बताउनु भयो । सात दिनसम्म खाना पनि परिवारका अरु सदस्य भन्दा पौष्टिक आहार कम भएको खाना दिइने गरिन्छ । पहिलो पटक महिनावारी हुने किशोरीलाई ९ देखि १३ दिनसम्म कसैले नदेख्ने स्थानमा राख्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक