डेकेन्द्र प्रकरणको रिस प्रहरी अधिकारीमाथि, डिएसपी र इन्सपेक्टरको सरुवा

११ माघ २०६९, बिहीबार १३:५४ मा प्रकाशित

काठमाडौं, ११ माघ । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धानलाई प्रभावित तुल्याउने घटनाले मुलुक तथा वाह्य समुदायकै ध्यान खिच्यो, अभियुक्तहरुलाई कारबाही गर्न सर्वत्र आवाज उठिरहेकोछ । तर, प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको यस आवाजलाई सुनेकोनसुन्यै गरेका छन् । प्रधानमन्त्रीले जनआवाजलाई कतिसम्म लापरवाही किसिमले लिएका रहेछन् भन्ने थप प्रमाण बन्न पुगेको छ दैलेखका डिएसपी शारदाप्रसाद चौधरीको सरुवा प्रकरण । हो, डिएसपी चौधरी सहित इन्सपेक्टर इन्द्र सुवेदी र किरण न्यौपानेसमेत  दैलेखबाट हटाइएका छन् ।
बुझिएअनुसार बुधबार दैलेखमा आयोजित एमाओवादीको कार्यक्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप उनीहरुमाथि लगाइएको छ, तर यो देखावटी बहाना मात्र हो । यथार्थमा पत्रकार थापाको हत्यामा संलग्न अभियुक्तको बयान रोक्न  दवाब दिँदा पनि आएपनि अनुसन्धान सुचारु राखेकोले डिएसपी चौधरीलगायतका प्रहरी अधिकारीहरु दैलेखबाट सरुवा गरिएको स्रोतको दाबी छ ।

यसैबीच, सरकारी दमनको बिरोध गर्दै दैलेखको तिलेपाटा गाविसको आठबिस कोट क्याम्पसका विद्यार्थीहरुले बिहीबार प्रधामन्त्रीको पुतला जलाएका छन् भने बुधबार प्रधानमन्त्री भट्टराई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंगै दैलेख पुगेपछि विपक्षी गठबन्धनले दैलेखमा उनीहरुको  बिरोधमा बन्दसहित कडा बिरोध प्रदर्शन गरेको थियो । त्यसक्रममा विपक्षी र एमाओवादीका कार्यकर्ताबीच भएको झडपमा ३० प्रदर्शनकारीहरु घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने