१५ वर्षसम्म काम गर्ने मोबाइलको ब्याट्री

११ माघ २०६९, बिहीबार ०७:५३ मा प्रकाशित

एज्न्सी/ हामीमध्ये धेरैले व्यहोरिरहेकै कुरा हो कि कहिलेकाहीँ अत्यन्त जरुरत परेको बेला अचानक मोबाइलको ब्याट्री सकिएर तनाव पैदा गरिदिन्छ । त्यस्तो बेला मोबाइलको ब्याट्री कहिल्यै नसिद्धिने भइदिए कस्तो आनन्द हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन ।
यस्तै समस्याप्रति ध्यान दिँदै एक कम्पनीले बेसिक मोबाइल फोनमा डबल ‘ए’ ब्याट्री लगाएर सामान्य तरिकाबाट प्रयोग गर्दा उक्त ब्याट्री १५ वर्षसम्म चल्ने प्रविधि विकास गरेको दाबी गरेको छ ।
फोनको पछिल्तिर राखिएको ब्याट्रीलाई तपाईं त्यसको स्क्रिनमा समेत महसुस गर्न सक्नुहुन्छ । यस्तो ब्याट्रीवाला मोबाइल फोनले जीएसएम नेटवर्कमा काम गर्ने कम्पनीले जनाएको छ । यति मात्र नभई यस फोनबाट बिनासिम इमर्जेन्सी कल पनि गर्न सकिने कम्पनीको दाबी छ ।
हालै अमेरिकाको लसभेगासमा प्रदर्शन गरिएको यस मोबाइललाई तपाईं महिनौँ एक ठाउँमा त्यत्तिकै छोडिदिनुस् र आवश्यक परेको बेला फोन गर्नुस्, यसले तपाईंलाई कुनै हालतमा धोका दिने छैन, लगातार दश घन्टासम्म तपाईं कुरा गर्नुस् तर यो तात्ने छैन, कुनै गडबडी उत्पन्न हुने छैन– कम्पनीको दाबी यस्तै छ ।
तर, सर्वगुणसम्पन्न त केही पनि हुन सक्दैन भनेझैँ यस मोबाइलमा जम्मा दशवटा मात्र फोन नम्बर सेभ गर्न सकिन्छ । यसमा भएका दशवटा बटनमध्ये प्रत्येक एकमा एउटा नम्बर सेभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । आठ इन्च