राज्यपुर्नसंरचना आयोगको प्रतिवेदनमाथि संविधानसभामा छलफल जारी

१५ चैत्र २०६८, बुधबार १५:३६ मा प्रकाशित

काठमाडौ, १५ चैत । राज्यपुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनमाथि संविधानसभामा आज पनि छलफल जारी छ । आयोगको प्रतिवेदनमा अस्तिदेखि संविधानभामा छलफल सुरु भएको हो । आजको बैठकको शुरुमा एकीकृत नेकपा माओवादीका अग्निप्रसाद सापकोटाले पहिचान र सामथ्र्यको आधारमा नै राज्य पुनःसंरचना गर्दा उपयुक्त हुने तर्क गर्दै आयोगको प्रतिवेदनले राज्य पुनःसंरचनाको विषयलाई निष्कर्षमा पुग्न बल पु¥याएको बताउनुभयो । नेपाली काँग्रेसका प्रदीप गिरीले मुलुकको वास्तविकताभन्दा पार्टीको अडानलाई प्राथमिकता दिएर आयोगले प्रतिवेदन दिएको बताउँदै मुलुकमा शान्ति कायम गर्ने हो भने धेरैभन्दा धेरै अधिकार स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो । विदेश, अर्थ र सुरक्षासम्बन्धी अधिकारमात्र प्रधानमन्त्रीलाई अर्थात् केन्द्रलाई दिनुपर्ने, त्यसभन्दा बाहेकका सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्छ भन्ने तर्क प्रस्तुत गर्दै उहाँले एकले अर्कालाई बुझेर सहमतिका साथ संविधान जारी गर्नेतर्फ काम गर्न दलका नेताहरुलाई सुझाव दिनुभयो । नेकपा एमालेका रघुवीर महासेठले आयोगको प्रतिवेदन राम्रो देखिए पनि सङ्कुचित सोचबाट माथि उठेर आउन नसकेको भन्दै आयोगले सबै प्रान्तलाई जातीय आधारमा नाम दिन खोजेको र त्यो बेठिक भएको बताउनुभयो । एक मधेस एक प्रदेशको सोचले मात्र मधेसको समस्या समाधान हुन नसक्ने तर्क प्रस्तुत गर्दै मधेस, पहाड र हिमाललाई समेट्ने गरी बढीमा सात प्रान्त हुने गरी सीमा कोर्न जरुरी रहेको उहाँले बताउनुभयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका भूपेन्द्र चौधरीले आयोग राजनीतिक भागबण्डाका आधारमा गठन भएकाले स्वतन्त्ररुपमा प्रतिवेदन आउन नसकेको उल्लेख गर्दै आयोगको प्रतिवेदनले समस्याको समाधान गर्न नसक्ने बताउनुभयो । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका आत्मरामप्रसाद साहले राज्य पुनःसंरचना गर्नुको विकल्प नरहेको बताउँदै सङ्घीयताको आधार भनेको सांस्कृतिक, जातीय, भाषिक, धार्मिक र क्षेत्रीयता मात्र हुनुपर्ने तर्क गर्नुभयो । आयोगको प्रतिवेदनमाथि संविधानसभामा भोलिसम्म छलफल हुनेछ । संविधानसभामा छलफल सकिएपछि प्रतिवेदनलाई संवैधानिक समितिमा पठाइने छ । आयोगले फरक मतसहित ११ र ६ प्रदेशका सुझावसहित प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री