समयअघि जन्मने बच्चाको मृत्युदर अधिक

११ माघ २०६९, बिहीबार ०७:४७ मा प्रकाशित

एजेन्सी/ विश्वभर अपरिपक्व अर्थात् प्रिमेच्योर बच्चाको सङ्ख्या लगातार बढिरहेको छ । विकसित देशहरूमा प्रत्येक वर्ष करिब एक करोड ५० लाख बच्चाको जन्म समयभन्दा अगाडि नै हुन्छ या गराइन्छ । तथ्याङ्कअनुसार प्रत्येक वर्ष अपरिपक्व या जन्मनुपर्ने समयभन्दा अगाडि नै जन्मने करिब ११ लाख बच्चाको मृत्यु हुने गरेको छ । पाँच वर्षभित्र जति पनि बालबालिकाको मृत्यु हुन्छ त्यसको प्रमुख दोस्रो कारण भनेकै नौ महिना नपुग्दै जन्म भएकोले हो भन्ने अनुसन्धानकर्ताहरूको दाबी छ ।
चिकित्साविज्ञहरूका अनुसार यदि अपरिपक्व बच्चाको जन्मदरलाई समयमै रोक्न सकिएन भने कम उमेरमा बच्चा मर्ने समस्यालाई नियन्त्रण गर्न सकिने छैन । यो निकै चिन्ताको विषय हो । विशेषज्ञको भनाइअनुसार मानव बच्चाको जन्मने परिपक्व अवधि भनेको ३७ हप्ता हुन्छ, यसभन्दा अगावै जन्मनेको मृत्यु–सम्भावना अधिक हुने गर्दछ । ३९ वटा विकसित देशमा गरिएको शोधपछि विशेषज्ञहरूले पाए कि ती देशहरूमा ‘आईबीएफ’ अर्थात् इन–बिट्रो फर्टिलाइजेसनको माध्यमबाट जुन बच्चा पैदा गरिन्छ त्यसको कारण नवजात शिशुको मृत्यु चाँडै हुने गरेको छ । त्यसैले डाक्टरहरूले आईबीएफका माध्यमबाट एउटा मात्र सन्तान जन्माउन सुझाव दिने गर्दछन् । विशेषज्ञहरूको भनाइ मान्ने हो भने अपरेसन गरेर बच्चा जन्माउने कामलाई रोक्न सकेमा वर्षमा कम्तीमा पनि ५८ हजार बच्चालाई समयपूर्व नै जन्मनुबाट रोक्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

असाम । भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको

किभ । रुसले युक्रेनको मारिउपोल शहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । मारिउपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका

प्योङयाङ । उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार

काठमाडौं । यमनको हुथी लडाकू समूहले संयुक्त राष्ट्रसंघका प्रतिनिधिले यमनी सरकारसँग चलिरहेको दुई महिने युद्ध विरामलाई विस्तार गर्ने अनुरोधमाथि विचार