नेकपा–माओवादीले ‘विदेशी दलाल’को लिष्ट उतार्ने

११ माघ २०६९, बिहीबार ०७:१६ मा प्रकाशित

काठमाडौं, ११ माघ । नेकपा–माओवादीले राष्ट्रियताको मुद्दामा अनौठो कदम चाल्न लागेको बुझिएको छ । माओवादीको हालै सम्पन्न बैठकले आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत नेपालमा रहेर विदेशीसँग नजिक भई काम गर्ने व्यक्ति तथा संस्थाहरूको नामावली सङ्कलन गरी उनीहरूलाई डिस्करेज गर्ने कार्यक्रम तय गरेको छ । स्रोतका अनुसार विदेशीहरूसँग नजिक रहेर काम गर्ने संस्था तथा व्यक्तिको नामावली सङ्कलन गर्न आफ्ना तल्लोस्तरका कमिटीलाई सो पार्टीले गोप्य रूपमा सर्कुलरसमेत भइसकेको छ । 
नामावली सङ्कलनपछि विदेशीसँग नजिक रही उनीहरूका लागि काम गर्ने व्यक्तिलाई पहिलो चरणमा सार्वजनिक रूपमा विदेशीको इसारामा काम नगर्न भन्ने, यति गर्दा नमाने विभिन्न स्थानमा गरिने पार्टीका सभाहरूबाट तिनका नाम सार्वजनिक गर्ने, सार्वजनिक स्थानमै मोसो दल्ने, दलालको सूचीमा नाम चढाउनेलगायतका रहेका छन् । त्यस्तै, विदेशीसँग नजिक रहेर काम गर्दै आएका संस्थाहरूलाई निरुत्साहित गर्ने तथा उनीहरूलाई काम गर्न नदिने तथा काम गरे पनि पार्टीले तय गरेको आचारसंहितामा रहेर मात्र काम गर्न दिने भन्ने रहेको छ । नेपालमा विदेशीहरूको दादागिरी ह्वात्तै बढेकाले बाध्य भएर यस्तो कार्यक्रम ल्याउने तयारी गरेको बताइएको छ । तर, यसबारे आधिकारिक रूपमा केन्द्रीय नेताहरूले खुलेर बोलेका भने छैनन् ।
‘नेपालमा विदेशीसँग नजिक रहेर काम गर्ने व्यक्ति अत्यधिक रहेको हाम्रो ठम्याइ छ,’ एक माओवादी नेताले भने, ‘विदेशीलाई गाली गर्नुभन्दा पहिले स्वदेशकै विदेशी दलाललाई तह लगाउँदा मात्र राष्ट्रियताको आन्दोलन प्रभावकारी हुने देखिएको छ ।’ राजनीतिक दलका नेता, निजामती प्रशासनका सरकारी कर्मचारी, मानव अधिकारका नाममा काम गर्दै आएका व्यक्ति तथा संस्थाहरू बढी विदेशीहरूसँग नजिक रहेर काम गरिरहेको नेकपा–माओवादीको ठम्याइ छ । शान्तिप्रक्रियासँगै नेपालमा विदेशीहरूको चहलपहल बढेकाले त्यसलाई नियन्त्रण गर्न यसखाले आन्दोलनको कार्यक्रम तय गर्न लागेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले