सडक आन्दोलनबाट हटाउन मन्त्री रायमाझीको चुनौती

११ माघ २०६९, बिहीबार ०६:२१ मा प्रकाशित

रुपन्देही, ११ माघ । शान्ति तथा पुनर्निमाण मन्त्री टोपबहादुर रायमाझीले प्रतिपक्ष दलहरुलाई सडकबाट आन्दोलन गरेर सरकार ढाल्न चुनौती दिएका छन् । विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेपछि रायमाझीले यस्तो चुनौती दिएका हुन् । राष्ट्रिय बाणिज्य बैक बुटवल खस्यौली शाखाको बार्षिकोत्सव समारोहमा बोल्दै एमाओवादी स्थायी समिति सदस्यसमेत रहका रायमाझीले प्रतिपक्ष दलहरुले काम नपाएर सडकआन्दोलनको धम्की दिएको भनी व्यङ्ग्य गरे । 
प्रतिपक्षले जतिसुकै विरोध गरे पनि एमाओवादीले सरकार नछोड्ने दाबी गर्दै उनले प्रधानमन्त्रीको राजिनामा माग्नु दलहरुको अलोकतान्त्रिक, असंवैधानिक र अब्याबहारीक काम भएको दोहो¥याए ।
स्वतन्त्र व्यतिको नाममा सहमती जुटाउनु पर्ने अन्यथा यहि सरकारमा प्रतिपक्षहरु सहभागि भई राष्ट्रिय सरकारको मान्यता दिनुपर्ने उनको तर्क थियो । सो अवसरमा एमाओवादी नेता बामदेव क्षेत्री, उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, रुपन्देही ब्यापार सघका अध्यक्ष टंक पोखरेल लगायतले मन्तव्य दिएका थिए ।
-चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च