दलित संघको महाधिवेशन आगामी फागुनमा

११ माघ २०६९, बिहीबार ०५:५४ मा प्रकाशित

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको चौथो राष्ट्रिय महाधिवेशन आगामी फागुन १९ देखि २१ गतेसम्म झापाको विर्तामोडमा हुने भएको छ । एक चौथाई जनसंख्या ओगटेको समग्र दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउन महाधिवेशन कोशेढुंगा सावित हुने संघले  दावी गरेको छ ।
‘दलित समुदायको आर्थिक सामाजिक एवं साँस्कृतिक रुपान्तरणको आधार, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र पूर्वाधार’ भन्ने नारा अगाडि सारेर गर्न लागिएको चौथो महाधिवेशनले दलित समुदायको समाजिक न्याय, शैक्षिक गुणस्तर, वेरोजगार समस्या समाधान, जातीय छुवाछूत विरुद्धको अहिंसात्मक आन्दोलन लक्ष प्रमुख मुद्दा रहने संयोजक खड्गबहादुर बस्यालले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न संघका केन्द्रीय अध्यक्ष संयोजक रहने गरी ३०१ सदस्यीय महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ । समितिमा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, संघका संस्थापक सदस्यहरुलगायत ९ वटा संघहरु समावेश छन् ।
उपसमितिमा नीति तथा कार्यक्रम मस्यौदा उप समिति र आर्थिक व्यवस्थापन उप समितिमाको संयोजकमा संयोजकमा खड्गबहादुर बस्याल, विवाद समाधान उपसमितिमा कृष्णबहादुर रसाईली, आवास व्यवस्थापन उपसमितिको संयोजकमा मुक्तबहादुर महतेलगायत १५ उप संयोजक समितिहरु  चयन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार