संविधानका लागि मन्त्री महतो पद छोड्न तयार !

११ माघ २०६९, बिहीबार ०५:४१ मा प्रकाशित

काठमाडौं, ११ माघ । सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मूख्य ठूला दलहरु निर्वाचन भन्दा पनि प्रधानमन्त्रीको कुर्सीमा बार्गेनिङ्ग गरिरहेका आरोप लगाएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेश र मधेशीले बर्षौंदेखि भोगेको उत्पिडनको अन्त्य नयाँ संविधानबाटै सम्भव हुने भएकाले संविधान बनाउन नचाहने तत्वका विरुद्ध सशक्त तथा अन्तिम लडाई लड्नुको विकल्प नरहेको उल्लेखगरे ।
संविधान बनाउन नचाहने प्रतिगामी शक्तिका विरुद्ध सशक्त रुपमा उभिन सम्पूर्ण मधेशवादी दलहरुलाई आग्रह गर्दै उनले मधेश मुक्तिका लागि लड्न मधेशी अनुहार नभई विचार र मन मधेशी हुनुपर्ने बताए । मन्त्री पदका लागि जेसुकै गर्न र जस्तोसुकै विचार–सिद्धान्तसँग पनि सम्झौता गर्ने व्यक्ति भन्ने आरोप खेप्दै आएका महतोले मधेशी मुद्दाहरुलाई दलहरुले बेवास्ता गरे सरकार छोडेर सडकमा सशक्त आन्दोलन थाल्ने उद्घोष समेत गरे । सहमतीय सरकार नयाँ चुनाव गराउने उद्देश्यले बन्नुपर्ने भन्दै उनले दलहरुबीच सहमती नबने स्वतन्त्र व्यक्तिको नेतृत्वमा भएपनि चुनाव हुनै पर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा