दैलेखमा गोली चल्यो, एमाओवादीको जिल्ला कार्यालयमा आगजनी, आन्दोलनले देशव्यापी रुप लिने सम्भावना

१० माघ २०६९, बुधबार १८:२४ मा प्रकाशित

काठमाडौं, १० माघ । शान्तिपूर्ण रुपमा कालोझण्डा देखाएर प्रदर्शन गरिरहेका एमाले कांग्रेसलगायतका विपक्षी दलका कार्यकर्ताहरुमाथि दमन गरिएको र एमाओवादी कार्यकर्ताको उग्र रवैया प्रदर्शन भएपछि विपक्षी दलका कार्यकर्ताहरुले एमाओवादी र माओवादी दुबै पार्टीको दैलेख कार्यालयमा आगो लगाइदिएका छन् । माओवादीका कार्यालयमा प्रवेश गरेर उनीहरुले फर्निचर तथा अन्य सामान निकालेर जलाएका हुन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले दमन गरेको भन्दै आक्रोशितहरुले एमाओवादी कार्यालयमा सामानहरु जलाएका हुन् । प्रदर्शन गरिरहेका एमाले अध्यक्ष अमरबहादुर थापा र काँग्रेस सभापति कृष्ण बीसीलाई डीएसपी शारदप्रसाद चौधरीले कुटपिट गरेपछि पूदर्शनकारीहरु उत्तेजित बनेको बताइएको छ । दैलेख सदरमुकामका ठाउँ ठाउँमा तनाव कायमै रहेको, प्रहरी र विपक्षी प्रदर्शनकारी तथा एमाओवादी कार्यकर्ताहरुबीच झडप भइरहेकोले घाइते नकै रहेको अनुमान गरिएको छ ।
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिरहँदा एक किलोमिटर नाराबाजीमा रहेका विपक्षी दलको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ भने ६ राउन्ड अश्रु ग्यास समेत प्रहार भएको बुझिएको छ । स्थिति अनियन्त्रित हुँदै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसमेत सहभागी एमाओवादी दैलेख अधिवेशन बिथोलिएको छ ।
यसअघि प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु दैलेख पुग्दा एमाओवादीका स्थानीय नेताहरु भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालको स्वागतमा सैनिक ब्यारेक पुगेका थिए । पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई जोगाउने प्रयास गरेपछि दैलेखवासी प्रधामन्त्रीदेखि आक्रोशित छन् । यतिबेला दैलेख अत्यन्त तनावग्रस्त रहेको र दैलेखबाट सुरु भएको आक्रोशले देशव्यापी स्वरुप लिने विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन