एमाओवादी कार्यकर्ताद्वारा पत्रकारलाई डेकेन्द्रको नियति चखाउने धम्की

१० माघ २०६९, बुधबार १८:०५ मा प्रकाशित

काठमाडौ, १० माघ । पत्रकार डेकेन्द्राज थापालाई ८ वर्षअघि तडपाएर मार्नेहरुलाई कारबाही हुनुपर्ने आवाज उठाएका सञ्चारकर्मीहरुलाई एमाओवादीका कार्यकर्ताहरुले त्यसैगरी मार्ने धम्की दिएका छन् । एमाओवादीको दैलेख जिल्ला अधिवेशनको समाचार संकलन गर्न उपस्थित सञ्चाकर्मीहरुलाई स्थानीय वाईसीएल कार्यकर्ताहरुले डेकेन्द्र बनाउने धम्की दिएका हुन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसहित उपस्थित कार्यक्रममा उनीहरुले त्यसते धम्की दिए पनि एमाओवादी नेतृत्वले त्यसप्रति कुनै आपत्ति जनाएनन् ।
८ वर्षअघि स्थानीय पत्रकार डेकेन्द्रराज थापालाई तड्पाएर हत्या गर्ने एमाओवादीका कार्यकर्ताको धम्की सुनेर स्थानीय पत्रकारहरु त्रसित बनेका बताइन्छ ।
एमाओवादी कार्यकर्ताले जिल्लाका पत्रकारलाई आधा घण्टा घेरा हाले । घेराउमा परेका पत्रकारलाई छुटाउन प्रहरी नै पुग्नुपरेको थियो । सरकारी समाचार एजेन्सी ुराससु र एमाओवादी निकट टेलिभिजन च्यानल एबीसीका पत्रकारलाई भने अधिवेशनमा समाचार संकलन गर्न छुट दिइएको थियो ।
एमाओवादी कार्यकर्ताले दैलेखबाट प्रकाशित तेस्रो आँखा दैनिकको कार्यालय तोडफोड गरेका छन् । अधिवेशनअघिको जुलुसमा सहभागी कार्यकर्ताले पत्रिकाको कार्यालयमा ढुंगामुढा गरेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी