बहिर्गमित लडाकुको रकम लिई भाग्ने विष्टसहित चारजना पक्राउ

१० माघ २०६९, बुधबार १६:४४ मा प्रकाशित

काठमाडौं, १० माघ । बहिर्गमित लडाकुहरुले विगतमा गरेको आन्दोलनको क्रममा भएको खर्चवापत सरकारी ढुकुटीबाट प्राप्त रकम लिई फरार भएका आन्दोलनरत पूर्वलडाकूका संयोजक पक्राउ परेका छन् । काभ्रे जिल्ला महेन्द्र ज्योती–४ घर भई हाल कोटेश्वर बस्ने २३ वर्षीय लेलिन बिष्टले गत सोमबार शान्ति मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँको चेक बुझी सोही दिन देखी फरार भएकोमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले निज बिष्ट, सह–संयोजक मुगु जिल्ला लोहा–८ घर भई हाल कोटेश्वर बस्ने २३ वर्षीय लालचन्द्र बि.क, सचिब डोटी जिल्ला खाती–२ घर भई हाल कोटेश्वर बस्ने २३ वर्षीय भरत रोकाया र चौथो डिभिजन संयोजक धादिङ जिल्ला चैनपुर–४ घर भई हाल स्वयम्भु बस्ने २२ वर्षीय रमेश बस्याल समेत ४ जनालाई नयाँ बसपार्कस्थित कान्तिपुर मलबाट आज पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही