आफ्नैलाई पनि लुट्न बाँकी राखेनन् एमाओवादीका पूर्वलडाकूले

१० माघ २०६९, बुधबार ०९:४७ मा प्रकाशित

काठमाडौं, १० माघ । जसले लुटपाट, अपहरण, धम्की, ज्यादती, परपीडाको पाठ मात्र सिकेको छ उसबाट राम्रो कामको अपेक्षा गर्न सकिन्न भन्ने तिख्खर उदाहरण बन्न पुगेका छन् लेलिन  बिष्टसहितका तीन लडाकु युवा ! नाम नै नसुनिएका यी ‘हिरो’ को प्रकट भए भन्ने जिज्ञासा उठ्न सक्छ । हो, यसअघि नाम नसुनिएका तर अब लुटपाट या ठगी गरेरै भए पनि नाम राख्ने क्रममा रहेका यी व्यक्ति प्र्रचण्डको महान् पार्टी एमाओवादीका बहिर्गमित पूर्वलडाकु हुन् जो स्वैच्छिक अवकाश लिएका लडाकुले सरह धन चाहियो भन्दै आन्दोलन गर्ने समस्त बहिर्गमितहरुको नेतृत्व गरिरहेका थिए । तर, यसरी बहिर्गमित लडाकुका लागि लड्दालड्दै उनीहरुकै नाममा सरकारी ढुकुटीबाट निकासा गरिएको रकम कुम्ल्याएर यी फरार भइदिए । यसरी शोषित पीडितका लागि कुनैबेला ‘जनयुद्ध’ लडेका व्यक्ति आज आफ्नै वर्गीय मित्रहरुलाई समेत ठगेर कुलेलम ठोक्न लाज नमान्ने ‘हिरो’ बन्न पुगे ।
बाबुराम सरकारले स्वेच्छिक अवकास पाएका पूर्व लडाकुसरह आर्थिक प्याकेज पाउनुपर्ने माग लिएर पेरिस डाँडामा आन्दोलन गरिरहेका अढाई सयभन्दा बढी बहिर्गमित पूर्वलडाकुलाईलाई बाँड्ने गरी सोमबार १५ लाख रुपैयाँ दिएको थियो । तर, हातमा १५ लाख परेपछि लेलिन  बिष्टले दायाँबायाँ केही देखेनन्, रकम लिएर यतिबेला उनी फरार छन् । यसरी उनले आफ्नो महान् पार्टीको कीर्ति गौरव पनि राखिदिएका छन् ।
बताइएअनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले दिएको उक्त रकम लिएर लडाकु आन्दोलनका अगुवा लेलिन  बिष्टसहित तीन जना हराएका हुन् । सम्पर्कविहीन भएकामा बिष्ट, थर नखुलेका भीम र अर्का एक छन् । बिष्टले मन्त्रालयबाट चेक पाएपछि तुरुन्तै साटेका थिए । बेलुका उक्त रकममध्ये ४ लाख २५ हजार रुपैयाँ बोकेर बिष्ट सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवका ज्वाइँ मनोज अधिकारीलाई लिएर पुल्चोकस्थित मन्त्री क्वाटर पुगेको थियो । लेलिन बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष थिए । उनले उक्त १५ लाख रुपैयाँबाट एकरएक लाख लडाकुका सातै शिविरबाट बहिर्गमन भएका लडाकुलाई बाँड्न दिने सहमति थियो ।
यतिबेला सरकारसँग रकम माग गरेर आन्दोलनमा रहेका बहिर्गमितहरु रकम लिएर सुइँकुच्चा ठोक्ने आफ्नै नेताको खोजीमा लागेका छन् भने बिष्टचाहिँ मोबाइलको स्वीच अफ गरेर सम्भवतः १५ लाखको बिटो गन्दै होलान् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।