मौका पाए बाबुराम ‘बिहारी मुख्यमन्त्री’ बन्ने !

१० माघ २०६९, बुधबार ०८:५८ मा प्रकाशित

काठमाडौं, १० माघ । प्रधानमन्त्री भएको डेढ वर्षपछि डा.बाबुराम भट्टाईले आफूले बहुमतको सरकारको नेतृत्व गर्न पाए देश बनाइदिने दाबी गरेका छन् । आफ्नो ट्विटरमा उनले भनेका छन्, ‘बिहारमा जस्तै आफूलाई ५ वर्ष एकल पार्टी बहुमत दिएर सरकार चलाउन दिए म त्यसको परिणाम देखाइदिन्छु । त्यतिबेला पनि काम गर्न सकिनँ भने मलाई गोली हानिदिनु ।’ युवाहरूलाई सम्बोधन गर्दै उनले ट्विटरमा यस्तो लेखेका हुन् ।
प्रधानमन्त्री भट्टराईको यो अभिव्यक्तिले उनी चुनावको तयारीमा लागिसकेको दर्शाएको छ । प्रम भट्टराईको सन्देशमा आफ्नो दललाई बहुमत भनिएको त छ तर एमाओवादीले बहुमत पाएको अवस्थामा उनी नभई प्रचण्ड नै प्रधानमन्त्री बन्ने सम्भावना रहेकोबारे भने सङ्केत गरिएको छैन । प्रधानमन्त्रीको हैसियतमा रहेका बाबुरामले ट्विटरमा बिहारको मुख्यमन्त्रीसँग तुलना गर्नुलाई अस्वाभाविक मानिएको छ भने उनी भित्रभित्रै चुनावी तयारीमा रहेको र उनले चुनावी अभियानको सुरुवातसमेत ट्विटरमार्फत गरेको अर्थमा विश्लेषकहरुले बुझ्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी