चमत्कारी घडी

१० माघ २०६९, बुधबार ०८:१८ मा प्रकाशित

एजेन्सी/ मोबाइल प्रविधिको संसार कति तीव्र गतिमा बदलिइरहेको छ भन्ने कुराको एक ताजा उदाहरणका रूपमा हालै आविष्कार भएको एक नयाँ घडीलाई लिन सकिन्छ । घडीको काम समय जनाउने हुनाले त्यो काम त स्वाभाविक रूपमा यसले गर्ने नै भयो, सम्बन्धित वैज्ञानिकहरूका अनुसार मोबाइल घडीको संज्ञा दिन पनि सकिने उक्त घडीलाई बहुप्रयोजनको साधनका रूपमा अपनाउन सकिन्छ ।
वास्तवमा तपाईं यस घडीसँग आफ्नो वरपर कुनै रेस्टुराँ छ कि छैन भनी सोध्न सक्नुहुन्छ, यदि छ भने घडीले नै रेस्टुराँको ठेगाना र नालीबेली बताइदिन सक्छ । यस्तो स्मार्ट र चमत्कारी घडीको नाम मार्सल वाच हो । यस घडीमा एउटा एलसीडी डिसप्ले पनि छ जहाँ तपाईं आफ्नो फेसबुक स्ट्याटस अपडेट गर्न सक्नुहुन्छ । यस्तैगरी, यसमा तपाईं एसएमएस पढ्न मात्र होइन सुन्न पनि सक्नुहुन्छ कि कसले तपाईंलाई सन्देश पठाएको हो ? यति मात्र कहाँ हो र ? कसैले पत्तो नै पाउँदैन कि नाडीमा बाँधेको तपाईंको यस घडीले खुसुक्क तस्बिरसमेत खिच्न भ्याउँछ ।
यति भनिसकेपछि अब तपाईंलाई पक्कै जिज्ञासा लाग्यो होला आखिर यस घडीले मोबाइलले झैँ कसरी काम गर्छ त ? वास्तवमा यो घडी तपाईंको साथमा रहेको मोबाइल फोनसँग ब्लुटुथको माध्यमबाट जोडिन्छ । तपाईं यस घडीबाट कुरा गरिरहनुभएको अवस्थामा भए पनि यथार्थमा फोनमार्फत नै कुरा गरिरहनुभएको हुन्छ । यस घडीमा माइक्रोफोन फिट गरिएको हुन्छ जसमार्फत तपाईंको आवाज मोबाइलसँग जोडिन्छ र कुराकानी हुनसक्छ । यस घडीले एन्ड्रोइड तथा आईओएस दुवै किसिमका मोबाइलमा काम गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा