नान्समा १५ सदस्यीय कार्यसमिति चयन

१० माघ २०६९, बुधबार ०३:२१ मा प्रकाशित

रामचन्द्र भट्ट, सानफ्रान्सिस्को । शनिबार भएको नान्सको अधिवेशनले उत्तम कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यो सँगै लामो समयदेखि क्यालिफोर्नियामा चर्चाको बिषय बन्दै आएको नेपालीहरुको सामुदायीक केन्द्र (कम्युनिटी सेन्टर) को अवधारणा अब अघि बढ्ने भएको छ ।

नेपलिज इन नर्दन क्यालिफोर्निया (नान्स) को अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले नेपाली सामुदायिक केन्द्र निर्माणलाई प्रमुख कार्यसूचिमा राखेको छ ।

नान्सको नयाँ नेतृत्वको लागि उत्तम कार्की, प्रेम लामा रदिनेश पोखरेलको प्यानलबीच चुनाव भएको थियो ।
सानफ्रान्सिस्कोको एलिस स्ट्रिटमा भएको चुनावी कार्यक्रममा नेपालीहरुले बिहान साढे ८ बजेदेखि चुनावको लागि लाइन लागेका थिए । उनीहरुले सामाजिक संस्था भएपनि चुनावी माध्यमबाट नेतृत्व चयन हुँदा काम गर्ने उत्साह हुने भएकोले टिका लगाउने प्रथा अन्त्य गर्नका लागि मतदान गरिएको बताए ।

चुनावमा नेपाली कांग्रेस निकट कार्कीको प्यानल विजयी भएको थियो । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको एकताको प्रभाव यस पटक नान्सको निर्वाचनमा देखिएको छ । एकतापछि बे एरियाको नामले परिचित सानफ्रान्सिस्कोको सबैभन्दा ठूलो नेपाली संस्थामा कांग्रेसले पकड जमाएको छ ।

विगत २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै व्यबसायीको समेत पहिचान बनाएका कार्की सामाजीक कृयाकलपमा सकृय व्यक्ति हुन् । उनले आफ्नो कार्यकालमा नेपाली भवन (नेपाली कम्युनिटी सेन्टर) बनाइछाड्ने प्रतिवद्दता व्यक्त गरे ।

नेपालीबीच सम्पर्क, सहयोग बढाउने र आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि कम्युनिटी सेन्टर बनाउने योजना नयाँ कार्यसमितिले गरेको छ । नेपाली कम्युनिटी सेन्टर स्थापनाका लागि दुई वर्ष अघि महापुराण समेत आयोजना गरिएको थियो । त्यसक्रममा दुईलाख ५० हजार अमेरिकी डलर संकलन भएको थियो । त्यसमध्य नगद ६० हजार डलर संस्थामा प्राप्त भैसकेको छ ।

शनिबार भएको अधिवेशनले कार्कीको नेतृत्वमा निर्वाचित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्वाचित प्रथम उपाध्यक्षमा चन्द्र शेरचन, द्वितीय उपाध्यक्षमा चन्द्र फुयाल, महासचिवमा रबिन्द्र राई, सचिवमा सुजित सिंह र कोषाध्यक्षमा नारायण पोखरेल छन् । सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका हुन् ।

सदस्यहरुमा सुरज गुरुङ, रमा शर्मा, गेलु शेर्पा, कृष्ण भुजेल, बबिता सिटौला, सुरेश केसी, मिनु थापा, बालकृष्ण आचार्य, देबराज राई निर्वाचित भएका छन् । नान्सलाई अमेरिकाभरि रहेका नेपाली संस्थाहरुमध्य सबैभन्दा बढी सदस्य भएको संस्थाका रुपमा लिइन्छ । नान्समा एकहजार आठसय नेपालीहरु सदस्य छन् । यसमध्य शनिबार भएको निर्वाचनमा एकहजार एकसय ६९ मत खसेको थियो ।

स्थानीय समय अनुसार आइतबार बिहान मत गणना सम्पन्न गरेर परिणाम घोषणा गरिएको थियो । निर्वाचितहरुलाई निर्वाचन समितिका प्रमुख यज्ञ नेपाल, नान्सका पूर्ब अध्यक्षहरु गोपाल खड्की, धनप्रसाद दवाडीले प्रमाणपत्र वितरण गरेका थिए ।

अमेरिकामा क्यालिफोर्नियामा भारतीयहरुले आफ्नो कम्युनिटी सेन्टर बनाएर बिभिन्न कृयाकलापमा संलग्न छन् । १९ वर्ष अघि स्थापना भएको नान्सलाई आगामी दिनमा अझै सकृय बनाएर लैजाने प्रतिवद्धता नयाँ कार्यसमितिले व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी