लोडसेडिङविरुद्ध व्यवसायीहरुको ज्ञापनपत्र

९ माघ २०६९, मंगलवार २१:४३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ९ माघ । नेपाल विद्युत प्राधिकरणले दैनिक १४ घण्टा लोडसेडिङ लागु गरेपछि उद्योग संचालनमा उत्पन्न समस्या सम्बन्धमा रुपन्देही उद्योग संघले नेपाल विद्युत प्राधिकरण वितरण शाखाको ध्यानाकर्षण गराएको छ । पटक–पटकको बन्द, हडताल चक्काजाम, चन्दा आतंक खुल्ला सिमानाको दुष्प्रभाव, श्रम अभावलगायतका समस्याले पिरोलिरहेका उद्योगहरुलाई हालको अत्याधिक लोडसेडिङले थप मार पु¥याएको भन्दै संघका अध्यक्ष तेजकुमार पाठकको नेतृत्वमा गएको डेलिगेसन टोलीले वितरण शाखाका प्रमुख मुनिन्द्र ठाकुरसँग भेटी समस्याबारे जानकारी गराएको थियो ।
रुपन्देही उद्योग संघले हालको लोडसेडिङ राष्ट्रिय समस्याको रुपमा कहालीलाग्दो अवस्थामा रहेको र समस्यालाई उचित व्यवस्थापन गर्न नसकिएमा उद्योगहरु बन्द गर्नुको कुनै विकल्प नरहेको जनाएको छ । लोड सेडिङको समयमा समेत उद्योगहरुले डिमाण्ड चार्ज तिर्नु परिरहेको हुँदा सो सम्बन्धमा समेत संघले विरोध जनाउँदै आएको छ ।
संघले हाल जारी लोडसेडिङलाई व्यवस्थित गरी प्रत्येक दिन १० घण्टा नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन सकिएमा थोरै मात्रामा भएपनि उद्योगहरुलाई राहत मिल्ने जनाएको छ । वितरण शाखाका प्रमुख मुनिन्द्र ठाकुरले यस जिल्लाबाट गर्न सकिने समस्या समाधानका लागि तत्काल पहल गर्ने र थप समस्या समाधानका लागि केन्द्रमा पहल गर्ने आश्वासन दिएको संघले जनाएको छ । डेलिगेसनको क्रममा प्रथम उपाध्यक्ष वोनिन पिया, महासचिव गणेशप्रसाद अधिकारी, कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठ, सचिव बाबुराम बोहराले वर्तमान समयमा विद्युत समस्याले उद्योगीहरुले झेल्नुपरेका समस्याहरु सम्बन्धमा धारणा समेत राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार