सभापति कोइरालासमक्ष महाधिवेसको कार्यतालिका माग गर्दै विद्यार्थीद्धारा ज्ञापनपत्र

१५ चैत्र २०६८, बुधबार ११:३४ मा प्रकाशित

काठमाडौ, १५ चैत । पार्टीले गठन गरेको नेपाल विद्याथि संघको महाधिवेशन आयोजक समिति प्रति असन्तुष्ट विद्यार्थि नेता तथा कार्यकर्ताले महाधिवेशनको स्पष्ट कार्यतालिका सहित समाधान खोज्ने आग्रह गर्दै सभापति सुशिल कोइरालालाई आज ज्ञापन पत्र बुझाएका छन् ।
वरिष्ठ नेता शेरवहादुर देउवा पक्ष्ीाय असन्तुष्ट विद्यार्थी नेता तथा कार्यकर्ताहरुले कोइराला निवास महाराजगन्जमै पुगेर द्धन्द्धका समयमा सहिद भएका व्यक्तिका परिवारलाई केन्द्रीय समितिमा ल्याउन तथा नेविसंघको विधान तत्काल निर्माण गर्न माग पनि गरेका छन् ।
विद्यार्थि नेताहरुको ज्ञापनपत्र वुझ्दै सभापती कोइरालाले नेविसंघभित्रको विवाद समाधान गर्न तत्काल निर्देशन दिने आश्वासन दिनुभएको नेविसंघका निवर्तमान कोषाध्यक्ष कुन्दन काफ्लेले जानकारी जानकारी दिनुभयो ।

विभिन्न भातृसंघठन भंग गर्ने संस्थापन पक्षको निर्णयपछि तिक्त वनेको वरिष्ठ नेता शेरवहादुर देउवा र सभापती शुसील कोइरालाविचको सन्वन्ध महाधिवेसन आयोजक कमिटि गठन भएसँगै साम्य भएको ठानिएपनि विद्यार्थि संठनभित्रको विवादका कारण फेरी वल्झने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक