‘राजधानीमा २६ गते ऐतिहासिक जनसभा आयोजना हुने’

९ माघ २०६९, मंगलवार २०:२८ मा प्रकाशित

काठमाडौं, ९ माघ । प्रतिपक्षी दलहरुको मंगलबार बसेको संयुक्त वैठकले काठमाडौं उपत्यकामा गरिने आन्दोलनको कार्ययोजना तयार गरेको छ । जसअनुसार देशव्यापी विरोध प्रदर्शनअन्तरगत भक्तपुर र ललितपुरमा आगामी १२ गते शुक्रबार विरोध कार्यक्रमको आयोजना गरिने छ । यसैगरी काठमाडौंमा १६ गते मंगलबार बिरोधसभा आयोजना गरिने निर्णय भएको छ भने यही माघ २६ गते काठमाडौं खुलामञ्चमा आयोजना हुने जनसभालाई ऐतिहासिक बनाउने योजना विपक्षी दलहरुले बनाएका छन् । उक्त दिन  विभिन्न आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरु र माओवादी हिंसाको शिकार भएका नागरिकहरुको संझनामा विशेष कार्यक्रम गरिने छ ।
आन्दोलनको तयारीका लागि नेकपा एमालेले आगामी १४ गते पार्टी केन्द्रिय कार्यालयमा दिउँसो १ वजे वृहत कार्यकर्ता भेलाको आयोजना गरिएको छ । उपत्यकामा आयोजना हुने आन्दोलका कार्यक्रमका सन्दर्भमा जानकारी गराउन १० गते बुधबार १२ बजे नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा