प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने तयारी रहेको खुलासा

९ माघ २०६९, मंगलवार १८:५८ मा प्रकाशित

काठमाडौ, ९ माघ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेले सुनिलले दलहरुवीच सहमति हुने भए पार्टीको महाधिवेशनपछि सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा अघिसार्ने स्पष्ट पारेका छन् ।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टी र गठबन्धनभित्र प्रचण्डको नामको विषयमा चर्चा भएर नै प्रधानमन्त्रीले गोरखामा आयोजित कार्यक्रममा त्यस्तो प्रस्ताव गरेको बताए । अहिलेको सरकारको विकल्प गठबन्धन भित्रबाटै खोज्ने निर्णय यसअघि नै भईसकेकोले गठबन्धनको नेता प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने दावी उनले गरे । साक्षात्कारमा पौडेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा सबै दल आएर सहमति गरे अहिले पनि जेठ अन्तिम सम्ममा निर्वाचन हुने झिनो आशा बाँकी रहेको दावी गर्दै त्यसो हुन नसके निर्वाचन हुन नसक्ने संकेत गरे ।
उनले सबै दलहरु अहिलेको सरकारमा आएर निर्वाचनको सुनिश्चितता गरे त्यसपछि दोस्रो चरणमा नेपाली काग्रेसलाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पार्दै  अन्यथा सहमति नभई कुनै पनि हालतमा प्रधानमन्त्रीले राजिनामा नदिने बताए ।
सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बाबुराम भट्टराईको विकल्पमा गठबन्धनबाटै दिने निर्णय यसअघि नै भईसकेकोले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा आफूहरुको समर्थन रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर