झुक्याएर यौन शोषण गरी युवती बेच्न खोज्ने पक्राउ

९ माघ २०६९, मंगलवार १८:२५ मा प्रकाशित

पर्सा/ ९ माघ । भारतमा विक्री गर्न लिएर गइरहेको अवस्थामा भारत विहार जिल्ला बैशाली थाना चेहरकला ग्राम पंचायत खाजेचान बस्ने २४ वर्षीय बिन्देश्वर कुमार कुशवाह र भारत विहार जिल्ला बेतिया थाना मझौलीया पंचायत रतनमाला ग्राम बगरवा बस्ने ४० वर्षीय जोगिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
कुशबाहले तनहुँ जिल्ला बन्दीपुर–१ बस्ने २० वर्षीया एक युवतीलाई ६ महिना अघिदेखि फोन सम्पर्क गरी प्रेम जालमा पारेर आफ्नो घर हेटौंडा रहेको भनी झुक्काई विवाह गर्ने वहानामा काठमाडौंको गौशालास्थित धर्मशालामा माघ १ गतेदेखि ६ गतेसम्म राखेर यौनशोषणसमेत गरेको खुलासा भएको छ । त्यसपछि हेटौंडास्थित घरमा जाउँ भनी रात्रीबसबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरी चौकी इनर्वा बीरगंज र माइती नेपाल पर्सा शाखाबाट खटिएको टोलीले फेला पारी ती युवतीको उद्धार गरी अभियुक्तहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस