माओवादीले अयोग्य, स्वेच्छिक अवकास रोजेका लडाकुलाई संगठित गर्ने

१५ चैत्र २०६८, बुधबार ११:३३ मा प्रकाशित

काठमाडौ, १५ चैत ।  एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले बैशाख १ गते बहिर्गमनमा परेका अयोग्य लडाकु र स्वैच्छिक अवकास रोजेका लडाकुहरुको संगठन घोषणा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको संस्थापन समूह सहभागी केन्द्रीय समितिको बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणको काममा बाहेकका विषयमा भने छलफल गर्दै अगाडि बढ्ने निर्णय गरेको अर्थमन्त्री वर्षामान पुनले जानकारी दिए । उनका अनुसार शान्ति र संविधान निर्माणको कार्यमा भने बैद्य पक्षसँग कुनै पनि सम्झौता नगर्ने निर्णय गरेको छ ।
संस्थापन पक्षले औपचारिक रुपमै आजको बैठक बोलाएको भए पनि बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणको आग्रहमा अनौपचारिक रुपमा छलफल भएको पुनले जानकारी दिए ।
संस्थापन पक्षको बैठकले दवाव मुलक कार्यक्रम समेत घोषणा गरेको छ । घोषित दवाव मुलक कार्यक्रममा चैत २४ गते जनआन्दोलन दिवस मनाउने, बैशाख ८ गते पार्टी स्थापना दिवस मनाउने, शान्ति, संविधान र मजदुर अधिकारका लागि मे १ मा मजदुर दिवस मनाउने निर्णय गरेको छ । यसैगरी जेठ १४ भित्र शान्ति र संविधान पूरा गर्न अभियान सुरु गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको