बाबुरामको बिरोधमा विपक्षी दलले बुधबार दैलेख बन्द गर्ने

९ माघ २०६९, मंगलवार १६:४७ मा प्रकाशित

काठमाडौं, ९ माघ । सरकारविरुद्ध आन्दोलन छेडेका विपक्षी दलहरुले भोली बुधबार दैलेख बन्दको घोषणा गरेका छन् । कांग्रेस, एमालेसहितका ६ वटा राजनीतिक दलका जिल्लास्तरको निर्णयबाट दैलेख बन्दको निर्णय लिइएको हो ।
एमाओवादीको जिल्ला अधिवेशनमा भाग लिन भोली बुधबार प्रधानमन्त्री बावुराम भट्राई, अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका एमाओवादी नेताहरु दैलेख जाने बुझेपछि उक्त कार्यक्रम तय गरिएको बताइएको छ ।
स्थानीय विपक्षी दलका नेताहरुले दैलेखमा पत्रकार सम्मेलन गररी पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा हस्तक्षेप गरेको बिरोधमा मंगलबार साँझ मसाल जुलुश, बुधबार विहान विरोध जुलुश, सदरमुकामका प्रत्येक घरहरुमा कालो झण्डा राख्ने र बुधबार १ बजे विरोधसभा गर्ने कार्यक्रम घोषणा गरेका हुन्। बुधबारकै दिन दैलेख सदरमुकाममा एमाओवादीको आमसभा कार्यक्रम पनि रहेकोले दुईपक्षीय भीडन्तको सम्भावना बढेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार