दोषीलाई बारबाही गर्ने सहमतिपछि खुल्यो रामपुर

९ माघ २०६९, मंगलवार ११:२५ मा प्रकाशित

काठमाडौं, ९ माघ । एक महिनादेखि वेपत्ता पाल्पा रामपुरकी सोनु श्रेष्ठको शव कालीगण्डकी किनारमा बोराभित्र फेलापरेपछि आन्दोलनमा उत्रिएका रामपुरबासी र स्थानीय प्रशासनबीच ६ बुंदे सहमति भएपछि आगामी शनिबारसम्मका लागि आन्दोलन स्थगित गरिएको छ भने स्थानीय प्रशासनले सोमबार बेलुकीदेखि कर्फ्यु समेत हटाएको छ । मंगलबार बिहानैदेखि बेझाड, बिजयपुर, किसानबारीलगायतका बजार खुल्नेक्रम सुरु भएको छ भने विद्यालय तथा क्याम्पसमा बिहानैदेखि कक्षा संचालन भईसकेको छन् । केही दिनदेखि हिडडुल गर्न समेत डराएका स्थानीयबासिन्दाले सन्तोषको सास फेरेका छन् ।
सोमबार रामपुर इलाका प्रहरी कार्यालय रामपुरमा स्थानीय वासिन्दा, पीडित पक्ष र प्रशासन बीचमा भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति बनेको हो । छलफलपछि कफ्र्यु खोल्ने, शव बुझ्ने र दोषीलाई कारबाही गर्ने सहमति भएको छ । त्यसैगरी हत्यामा संलग्न भएको आरोप लागेका सोनुका श्रीमान् ओमप्रसाद श्रेष्ठ र उनकै जेठी श्रीमती कृष्णादेवीलाई अनुसन्धान गर्न ५ दिन म्याद थप गर्ने सहमति भएको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीका अनुसार प्रहरी चौकीमा भएको आक्रमणका साथै झडप क्रममा घाइते भएकाको उपचारका लागि गृह मन्त्रालयमा सिफारिस गरिनेछ । यसैगरी प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको अनुसन्धान गर्न पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक मनोज न्यौपानेको संयोजकत्वमा, पाल्पाका प्रहरी नायब उपरीक्षक रेग्मी र भैरहवाका प्रहरी निरीक्षक राजु पाण्डे सदस्य रहेको अनुसन्धान तथा छानबिन समिति गठन गरिएको छ ।
स्मरणरहोस्, २७ वर्षिया सोनुलाई ससुरालीको सम्पत्ति हत्याउने उद्देश्यले उनकै श्रमान् ओमप्रसाद श्रेष्ठले हत्या गरेर फालेको आरोप स्थानीयले लगाउँदै आएका छन् भने अनुसन्धान गरी उनलाई कडा कारबाही नगरे प्रशासनविरुद्ध फेरि आन्दोलन गरिने चेतावनी स्थानीयले दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा