बिग सेल मेलामा मेलामा उपभोक्ताको भिड

९ माघ २०६९, मंगलवार ०९:४१ मा प्रकाशित

काठमाडौं, ९ माघ । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको बिग सेल मेलामा उपभोक्ताको भिड अत्यधिक मात्रामा बढेपछिआयोजकलाई भ्याई–नभ्याई भएको छ । स्वदेशी छाला जुत्ता–चप्पल उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्ने एवं नेपाली उपभोक्तालाई स्वदेशी ब्रान्डको प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले बिग सेल मेला आयोजना गरिएको हो । स्काई सुज, बिएफ डियर हिल सुज र शिखर सुजको संयुक्त आयोजनामा ६ माघदेखि सञ्चालन भइरहेको मेला १६ माघसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेलामा टाकुरा, कोसेली, लेदर ह्विल्सका उत्पादन पनि उपलब्ध छन् । अन्य समयको भन्दा जुत्ताचप्पलमा भारी छुटको व्यवस्था भएको हुँदा उपभोक्ताको आकर्षण बढेको स्काई सुजका निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।
कम्पनीसँग रहेको स्टक, पुराना मोडल तथा नयाँ मोडलका समेत जुत्ताचप्पल १५ देखि ७५ प्रतिशतसम्मको छुटमा मेलामा उपलब्ध छन् । मेला अवधिभर २० देखि २५ हजार जोर जुत्ताचप्पल बिक्री गरिने लक्ष्य रहेको पनि श्रेष्ठले बताए । ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा प्रचार–प्रसार गरी बाह्य बजारसमेत विस्तार, विदेशी जुत्ताचप्पल आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने पनि मेलाको उद्देश्य रहेको छ,’ उनले भने ।
कुल मागको ५५ प्रतिशत स्वदेशी उत्पादनबाट पूर्ति भएको छ भने बाँकी ४५ प्रतिशत भारत, चीनलगायत देशबाट आयात हुने गरेको छ । नेपालमा छाला जुत्ता, क्याजुअल सुज र स्पोर्ट सुजमा संस्थागत उद्योगबाट ४० प्रतिशत र परम्परागत उद्योगबाट १५ प्रतिशत, चीनबाट १७ प्रतिशत, भारतबाट ९ प्रतिशत र बाँकी १९ प्रतिशत अन्यमुलुकबाट आयात हुने गरेको छ । नेपालमा ५ सयभन्दा बढी जुत्ताचप्पल उद्योग सञ्चालनमा छन् भने यस उद्योगबाट २५ हजारले प्रत्यक्ष रोजगारी र दुई लाख ५० हजारले अप्रत्यक्ष रोजगारी पाएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट