नेपाली नागरिकता र पासपोर्ट भारतमै बन्ने, गैरकानुनी रुपमा भारतको बाटोबाट कामदार सप्लाईमा बढोत्तरी

९ माघ २०६९, मंगलवार ०९:३३ मा प्रकाशित

काठमाडौं, ९ माघ । वैदेशिक रोजगार विभागले श्रमस्वीकृतिमा कडाई गर्दै लगेपछि म्यानपावर व्यवसायीहरुले भारतको बाटो हुँदै गैरकानुनी रुपमा नेपाली कामदारलाई यूरोपेली मुलुकलगायत खाडीमा पठाउन थालेका छन् । भारतमा नेपाली दलालको सहायतामा भारतीय दलालहरुले उनीहरुलाई खाडीलगायत विभिन्न मुलुक पठाउने गरेको स्रोतको कथन छ । भारतीय बजारमा नेपाली नागरिकता, पासपोर्ट लगायतका कागजात छिनभरमै बन्ने गरेको पनि दाबी गरिएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ४ को दफा १८ मा राहदानी विदेश लैजान विभागको स्वीकृति लिनुपर्ने व्यवस्था छ । उक्त दफाको दुरुपयोग गर्दै बोरामा पासपोर्ट हालेर गाडी रिजर्भ गरी नेपाली कामदाहरुलाई भारतीय बाटो हुँदै खाडीलगायतका मुलुकमा पठाउँदा प्रशासन भने मुकदर्शक बनेर बसेको छ ।
उक्त परिच्छेदको दफा २२ मा नेपाली म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीको लागि नेपाली कामदार विदेश पठाउँदा अनिवार्य रुपमा नेपाली विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था गरे पनि उनीहरुले विभिन्न कारण देखाई चोर बाटोबाट कामदारहरु पठाइरहेका छन् । जसको अनुगमन राज्यका कुनै पनि निकायले गर्दैन । दफा १८ र २२ लाई दुरुपयोग गर्दै व्यवसायीहरुले सर्वसाधारणलाई ठगिरहँदा सरकार र सम्बन्धित निकायको सक्रियता नदेखिनु राज्यको वेईमानी मान्न सकिन्छ । स्वदेशी विमानस्थल प्रयोग गर्दा राज्यले नागरिकबाट राजस्व पाउँछ भने नेपाली कामदारलाई सुरक्षाको प्रत्याभुति हुने गर्दछ । आफ्ना नागरिकप्रतिको सरकारी वेवास्ताले दैनिक नै सर्वसाधारण नेपाली नागरिक विदेशीभूमिमा शोषणमा पर्नु परेको छ ।
नेपालमा विमानको अभावमा व्यवसायीले भारतीय विमान प्रयोग गर्न सक्ने ऐनमा व्यवस्था छ भने नेपालमा दूतावास नभएका मुलुकमा रोजगारीमा जानेको भिजा स्ट्यापिङको लागि पासपोर्ट विदेश लान पाउने व्यवस्था समेत रहेको छ । जस्को दुरुपयोग गर्दै व्यवसायीहरुलाई भारतको बाटो हुँदै विदेशीभूमिमा लगेर बेच्ने गरेका छन् । पछिल्लो समयमा ३० वर्षमुनीका महिलाकामदारहरुलाई ‘हाउसमेड’ (घरभित्रको काम)मा जान रोक लगाएपछि दलाल र मानव तस्करहरुले म्यानपावरका फाईलमा हालेर विदेशीभूमिमा पठाउँदै आएका छन् । यसरी फाईलबाट महिला कामदार पठाउँदा ७० हजारसम्म एक्स्ट्रा लाग्ने गरेको श्रोतले उल्लेख गरेको छ । उनीहरुलाई विभागको अन्तिम स्वीकृति शाखादेखि विमानस्थलसम्म सेटिङ गरेर पठाउने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार