विद्यार्थी संगठनहरु आजबाट संयुक्त आन्दोलनमा, माओवादी अलग्गै आन्दोलनमा उत्रने

९ माघ २०६९, मंगलवार ०९:१३ मा प्रकाशित

काठमाडौं, ९ माघ । नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियताको मुद्दा जटिल बन्दै गएकोले आन्दोलनमा जानुपर्ने आवाज आफ्नो पार्टीभित्र प्रखर रुपमा उठिरहेको बताएका छन् । भर्खरै सम्पन्न महाधिवेशनपछि जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय नेताहरुले आन्दोलनको आवश्यकताबारे वकालत गरेका जनाउँदै उनले कांग्रेस र एमालेले सुरु गरेको आन्दोलनमा मिलेर जाने सोिच भने माओवादीले नबनाएको स्पष्ट पारे । आफ्नो दलले सुरु गर्ने आन्दोलनको प्रकृति र दिशा फरक हुने भएकोले उनीहरुसँग मिलेर आन्दोलनमा जाने सोच नबनाएको उनको तर्क छ । तथापि, सरकारविरुद्धका कतिपय मुद्दामा विपक्षी आन्दोलनकारीहरुलाई मुद्दाका आधारमा समर्थन गर्ने आफ्नो पार्टीको नीति रहेको उनले उल्लेख गरे । मंगलबार ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सुरु हुने माओवादीको केन्द्रीय बैठक भोली सम्पन्न हुने बताइएको छ । 
यसैबीच सरकारविरुद्ध आन्दोलन थालेका विपक्षी दलका विद्यार्थी संगठनहरुले पनि आज मंगलबारबाट संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् । वर्तमान सरकारको तत्काल राजीनामा र राष्ट्रिय सहमतिको सरकार निर्माणको माग गर्दै उनीहरु बिरोधमा उत्रन लागेका हुन् ।
राजधानीको भृकुटीमण्डपबाट आज अपरान्ह २ बजे विद्यार्थी संगठनहरुले संयुक्त बिरोध प्रदर्शन सुरु गर्नेछन् भने पहिलो चरणको विरोध कार्यक्रमअन्तर्गत आगामी बिहिबारसम्म विभिन्न किसिमका विरोध कार्यक्रम जारी रहने नेवि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार