रेप्सा खेल महोत्सव जारी

९ माघ २०६९, मंगलवार ०९:०८ मा प्रकाशित

रुपन्देही, ९ माघ । ‘शैक्षिक विकासका लागि मित्रवत रुपमा एक होऔँ’ भन्ने मुल नाराका साथ ग्रामिण अंग्रेजी निजी बिद्यालय संगठन रेप्साको आयोजनामा गत शनिबारदेखि फर्साटिकरमा सुरु भएको ‘रेप्सा खेल महोत्सब २०६९’ जारी छ । माघ १२ गते सम्म जारि रहने खेल महोत्सवअन्तर्गत जुनियर र सिनियर लेबलका
बिद्यार्थिहरुको सहभागितामा दौड, रिले दौड, लङ्गजम्प, हाईजम्प, सटपुट, ब्याडमिन्टन, गणितीय दौड, नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरिने खेल
संयोजक सुदिप केसीले जानकारी दिए । त्यस्तै, रेप्सामा आवद्ध निजी बिद्यालयका शिक्षक–विद्यार्थीबीच सुमधुर सम्बन्धको विकाशका लागि खेल महोत्सब आयोजना गरिएको रेप्साका अध्यक्ष झलक बहादुर थापाले जनाए । शिक्षकहरुको बुद्धिचाल र ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरिएको बताइएको छ ।
महोत्सवमा बिभिन्न प्रतियोगिताका बिजेता बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिनुका साथै २०६८ सालको एसएलसि परीक्षामा सत प्रतिसत बिद्यार्थी उत्तीर्ण गराउन सफल बिद्यालय, एसएलसीमा रेप्सा प्रथम भएका छात्र र छात्रा, प्रत्येक बिद्यालयका एक–एकजना सर्वोत्कृष्ट शिक्षक र स्थानिय सहयोगी संघसंथालाई समेत सम्मान गरिने आयोजक संथाका सचिव कपिलमणि ढकालले जानकारी दिए । रेप्सामा रुपन्देहीको तिनाउ नदीपश्चिमका २१ वटा निजी विद्यालयहरु आवद्ध रहेका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को