४१ वर्षअघिको अपराधका लागि बंगलादेशमा मुस्लिम नेतालाई फाँसीको सजाय

८ माघ २०६९, सोमबार २२:३२ मा प्रकाशित

काठमाडौं, ८ माघ । बंगलादेशमा एक युद्ध अपराधसम्बन्धी अदालतले एक मुस्लिम धार्मिक नेतालाई सन् १९७१को स्वतन्त्रता आन्दोलनका क्रममा मानवताको विरुद्ध अपराध गरेको भन्दै फाँसीको सजाय सुनाएको छ । उक्त युद्धको दौरानमा मौलाना कलाम आजादले व्यक्तिगत तवरमा ६ हिन्दु नागरिकलाई गोली हानी हत्या गरेको र महिलाहरुमाथि बलात्कार गरेकोमा अदालतले दोषी पाएको एजेन्सीहरुले जनाएका छन् । बंगलादेशमा युद्ध अपराधको सुनुवाईका लागि बनाइएको उक्त अदालतको यो पहिलो फैसला भएको र फैसला विवादमा परेको बताइएको छ । तीन वर्षपहिले बनाइएको उक्त अदालतलाई अहिलेसम्म युएनले मान्यता दिइसकेको छैन ।
दोषी बताइएका मौलाना आजाद जमाते इस्लामीका सदस्य हुन् भने उनीमाथिको अभियोगमा उनको अनुपस्थितिमा सुनुवाई भएको थियो । एक वर्षदेखि मौलाना बंगलादेशबाट भागेर पाकिस्तान बस्दै आएका बताइएको छ । जमाते इस्लाम पाकिस्तानबाट बंगलादेश अलग भएको विरोधमा आन्दोलन गर्ने पार्टी रहेको बताइन्छ । उक्त संगठनमाथि पाकिस्तानी सेनासँग मिलेर काम गर्ने गरेको आरोप समेत लाग्दैआएको छ । एएफपीका अनुसार सन् ७१ मा नौ महिनाको युद्धकाबीच पाकिस्तानी फौजले ३० लाख मानिसको हत्या गरेको थियो भने करिब २ लाख महिलाहरुमाथि पासविक बलात्कार गरिएको थियो ।
बंगलादेशको विपक्षी दलकी नेतृ खालिदा जियाले अदालतको उक्त फैसलालाई एक स्वांग भएको प्रतिक्रिया दिएकी छिन् भने प्रधानमन्त्री शेख हसिनाले देशको स्वतन्त्रताको विरुद्ध काम गर्ने अपराधीको पक्षमा आवाज उठाउन बन्द गर्न हसिनालाई अपिल गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार