छोरीलाई करणी गर्ने १८ वर्ष थुनामा

८ माघ २०६९, सोमबार २२:०६ मा प्रकाशित

काठमाडौं, ८ माघ । आफ्नै १३ वर्षिया छोरीलाई जबर्जस्ती करणी गर्ने मकवानपुर भैंसेका शुक्रबहादुर नेगीलाई जिल्ला अदालतले १८ वर्ष कैद फैसला गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले नेगीलाईले क्षतिपूर्तिस्वरूप छोरीलाई २ लाख उपलब्ध गराउनुपर्ने आदेश समेत गरेको छ । अदालतले नाबालिकालाई बलात्कार गरेकामा ८ वर्ष र हाडानातामा जबरजस्ती करणी गरेको भन्दै १० वर्षसहित जम्मा १८ वर्ष कैद फैसला गरेको हो । ३८ वर्षीय नेगीले गत वर्ष माघ ११ गते राति घरमा कोही नभएको अवस्थामा सुतिरहेकी छोरीलाई खुर्पा देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
आफूमाथि आइपरेको बज्रपातबारे बलात्कृत बालिकाले आफ्नी आमालाई बताएपछि गाउँलेले नेगीलाई समातेर प्रहरी समक्ष बुझाएका थिए ।
स्मरण रहोस्, सो स्थान बाबुद्वारा छोरी बलात्कृत हुने सन्दर्भमा बदनाम रहँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार