प्रेममा विछिप्त भएपछि हत्या गरिएको खुलासा, वसन्तीको नाजायज प्रेमले आरतीको समेत लियो ज्यान

८ माघ २०६९, सोमबार २०:५४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही ८ माघ । रुपन्देहीको हर्नैया गाविस ३ कुरामारमा हत्या गरीएकी दुई महिलाका अभियुक्तलाई पक्राउ गरी रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ । गत माघ २ गते हर्नैया ३ बस्ने ४८ बर्षीया वसन्ती थारु र ३४ बर्षीया आरती लोधको घाँटी रेटी हत्या गरिएको थियो । हत्यापछि पश्चिमाञ्चल प्रहरी कार्यालय पोखराले वरिष्ठ प्रहरी उपरीक्षक कमल सिँह बमको सँयोजकत्वमा अनुसन्धान तथा छानबिन समिति गठन गरेको थियो ।
अनुसन्धानको प्रारम्भिक नतीजा सार्वएजनिक गर्दै प्रहरीले हत्यामा सोही स्थानकै गोविन्द थारु र तिलकराम थारुको संलग्नता रहेको जनाएको छ । गोविन्दको बसन्तीसँग विगत पाँच बर्षदेखि प्रेम र शारीरीक सम्वन्ध रहेको र पछिल्लो समय वसन्तीले गोबीन्दसँग प्रेम सम्बन्ध तोडेर अर्कै एक युवकसँग प्रेम सम्बन्ध बढाएकी थिइन् । यसबाट विछिप्त बनेका गोविन्द र वसन्तीबीच मनमुटाव हँुदै आएको पत्रकार सम्मेलनमा वरिष्ष्ठ प्रहरी उपरीक्षक बमले बताए ।
गोबिन्दले बसन्तीसँग शारीरीक सम्वन्ध राख्न नपाएपछि हत्याको योजना बुनीएको अनुसन्धानले देखाएको छ । बसन्तीको हत्या गर्ने योजना बनाएपछि गोबिन्दले आफ्ना साथी तिलकराम थारुको सहयोग मागेका थिए । तिलकले पनि हत्यामा सहयोग गर्ने बचन दिएपछि माघ २ गते गाबिन्दले बसन्तीलाई आफ्नो माछा पोखरीमा बोलाएका थिए । बसन्ती माछापोखरीमा पुग्नासाथ तिलकले खुट्टा समाउने र गोविन्दले घाँटीरेटी बसन्तीको पहिला हत्या गरेका थिए । सो क्रममा घाँस काटेर फर्कंदै गरेकी आरतीले बसन्तीको हत्या भएको देखेपछि उनी डरले जुन बाटो आएको त्यही बाटो फर्कंदै गर्दा घटना बाहीर आउने डरले उनको पनि गोबिन्दले लखेटेर हत्या गरेका रुपन्देहीका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए । हत्या गरीएकी बसन्ती थारुकी श्रीमान घरमै अस्वथ्य अवस्थामा छन भने लोधकी श्रीमान बैदेशिक रोजगारीका लागि मलेशियामा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक